'मधुलाई रहर पुग्यो होला'विवाह भएकै दिन हामी हनिमुनका लागि धुलिखेल रिसोर्ट गयौं। मेरो विवाहका लागि नेपाल आउनुभएका दिदीभिनाजुले हाम्रो लागि विवाहको उपहारस्वरूप रिसोर्टमा रुम बुक गरिदिनुभएको रहेछ।एक रातकै लगभग ४० हजार रुपैयाँ पर्छ क्यार। नेपाली शैलीमा बनेको सो रिसोर्ट निकै आकर्षक छ। रिसोर्टले हाम्रो लागि असाध्यै राम्रो व्यवस्थापन गरिदिएको थियो। बेड रुमको सजावटले नै हामीलाई आकर्षित गरिहाल्यो। फूलगुच्छाले झकिझकाउ। त्यस्तो सजावटले पार्टनरलाई पनि खुसी बनाउँदो रहेछ। सुरुमा हामी रुममा जाँदा एक प्रकारको सजावट थियो। डिनर गरेर सुत्न जाँदा नाइटका लागि अनुकूल हुने अर्कै सजावट थियो।हनिमुनको समय, हामी यसै पनि उत्साहित थियौं। त्यसमा पनि रुम र बेडरुमको सजावट एवं वातावरणले झनै रोमाञ्चित बनाइदियो। 

मधु (भट्टराई) ले जीवनमा पहिलो पटक आफ्नो नाम पछाडि हमाल लेखेको देखेको त्यही हो। हाम्रोको बेड रुममा 'वेलकम मिस्टर एन्ड मिसेस हमाल' लेखेको थियो। त्यसअघि मधुलाई मिसेज हमाल कसैले भनेको थिएन।हामीले त्यहाँ केवल एक रात बितायौं। पहिलो हनिमुन त्यही भयो। विवाह सकिए पनि रिसेप्सन पार्टीको तयारीमा जुट्नु थियो। रिसेप्सनपछि हनिमुन जाने सोच थियो तर रिसेप्सनकै पर्सिपल्ट कार्यक्रमका लागि म अस्ट्रेलिया जानुपर्ने भएकाले समय मिलेन। हनिमुनले जीवनमा विशेष अर्थ राख्छ। कालान्तरसम्म सुमधुर सम्झना रहन्छ। विवाहपछि यसरी घुमेका थियौं, यस्तो ठाउँमा पुगेका थियौं, रमाइलो गरेका थियौं भन्ने रहिरहन्छ। तर हनिमुन मनाउन कतै जानसाथ नाता प्रगाढ हुन्छ भन्ने चाहिँ होइन।

रिसेप्सनलगत्तै एक महिनाका लागि अस्ट्रेलिया जानुपर्ने भएकाले हनिमुन मनाउन पुगेकै छैन भन्ने लागि रहेको थियो। मेरो नातेदार भाइबहिनीले पोखराको वाटर फ्रन्ट रिसोर्टमा हनिमुनका लागि तीन दिन रुम बुक गरिदिएको रहेछ। अस्ट्रेलियाबाट फर्कनासाथ दोस्रो पटक हनिमुन मनाउन त्यता गयौं। त्यहाँ पनि मेरो हनिमुन भनेपछि रुम, बेड रुम विशेष तरिकाले सजाइदिएको रहेछ। तीन दिनको बसाइ ज्यादै रमाइलो भयो।मलाई विवाह हुँदासम्म पनि कताकता चलचित्रको छायांकन पो हो कि जस्तो लागिरहेको थियो। चलचित्रमा दर्जनौं पटक विवाहको दृश्य गरियो। उही मण्डप, उस्तै तरिका। आफू दुलहाको भेषमा अनि छेउमा दुलही। त्यसैले आफ्नो विवाहमा पण्डितजीलाई 'जति सक्दो छोटो विधि गर्नू' भनेको थिएँ।

हनिमुन मान्छेको निजी जीवनको सबैभन्दा ठूलो उत्सव हो, जुन दुईजना बीचमा मात्रै सीमित हुन्छ। विवाहलगायत अन्य उत्सव एवं संस्कार त अरूसँंग पनि बाँडेर बनाइन्छ। संयोग नै भनौं हामीले पटकपटक हनिमुन मनाउन जाने अवसर पायौं।हनिमुन मनाउन निस्केपछि चाहिँ साँच्चिकै विवाह गरेको अनुभूति भयो। हनिमुन मान्छेको निजी जीवनको सबैभन्दा ठूलो उत्सव हो, जुन दुईजना बीचमा मात्रै सीमित हुन्छ। विवाहलगायत अन्य उत्सव एवं संस्कार त अरूसँग पनि बाँडेर बनाइन्छ। हलिमुनका बेला यसै पनि बढी सामीप्य, आत्मीयता र खुसीयाली हुन्छ। मान्छेमा जीवनको अर्को कालखण्डमा उही रोमान्टिक भावना नहुन सक्छ। त्यसैले जीवनमा हनिमुनको विशेष अर्थ रहन्छ।
संयोग नै भनौं यस्तो उत्सव हामीले पटकपटक मनाउने अवसर पायौं। पोखराबाट फर्केलगत्तै मधुको बहिनी (काकाको छोरी) ले गोकर्ण फोरेस्ट रिसोर्टमा दुई रातका लागि रुम बुक गरिदिएको रहेछ। त्यहाँ पनि गयौं। हनिमुनका लागि हामी गएका तिनै ठाउँ विशेष थियो। हरेक रिसोर्टबाट विशेष केयर पायौं। आफ्नो तर्फबाट केक बनाइदिने, साजसजावटमा ध्यान दिने, राम्रो हेरचार गर्नेलगायतका विभिन्न कारणले हामीलाई पनि विशेष अनुभूति भयो।हनिमुनका लागि गएका तीनैवटा ठाउँ हामीले उपहारमा पाएका थियौं। सायद त्यही भएर होला मधुले 'ती सबै उपहारमा पाएको, हाम्रो आफ्नै तर्फबाट चाहिँ खोइ त हनिमुन?' भनेर फेरि हनिमुनका लागि बाहिर जाने इच्छा जाहेर गरिन्।
नेपालमा त भयो, अब कतै विदेश गएर हनिमुन मनाउने चाहना रहेछ भन्ने मलाई लाग्यो। तर कामको सिलसिलाले समय मिलेको थिएन। गत फेब्रुअरीमा अमेरिका गयौं।हामीले एकसाथ विदेश भ्रमण गरेको त्यो पहिलो अवसर पनि हो। कार्यक्रम पनि भएकाले सबै चाँचोपाँजो मिलाएको थियो। सात समुद्रपारि एकसाथ समय बिताउन पाउँदाको रमाइलो कति हुन्छ भन्नै परेन। त्यो हाम्रो लागि चौथो हनिमुन यात्रा भयो। मलाई आशा छ अब चाहिँ मधुलाई हनिमुन मनाउन जाने रहर पुग्यो होला।

पटक पटक हनिमुन मनाउने अवसर पायौं'