बाँके कोहलपुरकी एक १६ वर्षे किशोरीलाई हिरोइन बनाइदिने प्रलोभन देखाएर एक महिनासम्म बन्धक बनाएर बलात्कार गरेको खुल्न आएको छ ।ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक जनकबहादुर शाहीका आुसार बलात्कारमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका छन् । एक अभियुक्त भने फरार छन् ।प्रहरीका अनुसार गत बैशाख ३० गते राहुल सिंहले किशोरीलाई सिनेमाको हिरोइनन बनाउने आश्वासन दिदै कोहलपुरदेखि १० किमी पूर्व ढकेरी जंगलमा लगेर बलात्कार गरेका थिए । साथै बेहोश हुने औषधी खुवाएर उनले किशोरीलाई वीरगञ्ज हुँदै पोखरा पुर्‍याएको जाहेरीमा उल्लेख छ ।

किशोरीले दिएको जाहेरीमा आफूलाई औषधी खुवाई बेचबिखनका लागि वीरगञ्ज हुँदै भारत लैजान खोजेको तर, प्रहरीको डरले पोखरा पुर्‍याई करिब एक महिनासम्म बन्धक बनाई बलात्कार गरेको उल्लेख छ ।उनी जेठ १८ गतेसम्म वीरगञ्ज र पोखरामा थिइन् । तर, बन्धक अवस्थाबाट फुत्किएर जेठ २० गते कोहलपुर आएपछि ईलाका प्रहरी कार्यालय कोहलपुरमा २६ गते सिनेमा खेलाई दिन्छु भनि बन्धक बनाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी छन् ।उनले दिएको जाहेरीका आधारमा प्रहरीले पोखरामा सुनचाँदी पसल गरी बस्ने राहुल र राजा सिंहलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न सिमान्त दुलाईको खोजी भइरहेको छ ।
घटनाको अनुसन्धान भइरहेको इप्रका कोहलपुरका प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

नायिका बनाई दिन्छु भन्दै पोखराको होटेलमा किशोरीमाथि सामूहिक बलात्कार