सुशीलका सल्लाहकार भन्छन्- दोस्रो दर्जाको भएर नबस्नोस्

भूकम्पपछि पुनर्निर्माण कसरी गर्न सकिन्छ भन्नेबारे शनिबार लाजिम्पाटको र्‍याडिसन होटलमा छलफल चलिरहेको रहेको थियो । अर्थमन्त्री डा. रामशरण महत आफैंले विज्ञहरुबाट प्राप्त सुझाव नोट गरिरहेका थिए । विज्ञहरु भन्दै थिए, पुनर्निर्माणका लागि नेपालमा मजदुरको ठूलो अभाव छ ।’
Bijan Pant
प्रधानमन्त्री सुशील कोइरालाका विकास मामिला सल्लाहकार डा. बिजन पन्तले सोही होटलमा अनलाइनखबरसँग भने- ‘अब देशलाई ठूलो संख्यामा लेबरहरु चाहिन्छ, हामीले खाडी मुलुकमा गएका नेपाली युवालाई स्वदेश फर्काउनुपर्छ । र, अमेरिका युरोपतिर गएका दक्ष नेपालीलाई पनि स्वदेश फर्काउनुपर्छ ।’
कसरी फर्काउने नेपाल ?
देशमा रोजगारी नपाएर जिविकोपार्जनका लागि अरबको भूमिमा पुगेका लाखौं नेपालीलाई कसरी स्वदेश फर्काउन सकिएला ?
अनलाइनखबरको प्रश्नमा प्रधानमन्त्रीका सल्लाहकार पन्तले भने- ‘नेपालमा हुने पुनर्निर्माणको काममा उनीहरुलाई बढी तलबको व्यवस्था गर्नुपर्छ, नेपाल र्फकने निशुल्क प्लेन भाडाको व्यवस्था गर्नुपर्छ र नवनिर्माणपछि नेपालमै उद्योग व्यवसाय गर्न चाहेमा उनीहरुलाई राज्यले सहुलियत ऋण उपलब्ध गराउनुपर्छ ।’
सरकारले विदेशमा रहेका युवालाई यस्तो सुविधा दिने हो भने उनीहरु स्वदेश र्फकने र नवनिर्माणमा सहभागी भई आफ्नै देशमा बस्ने डा. पन्तले दाबी गरे ।
दोस्रो दर्जाको नागरिक भएर नबस्नोस्
प्रधानमन्त्रीका सल्लाहकार डा. पन्तले युरोप र अमेरिकामा बसिरहेका नेपालीलाई पनि स्वदेश फर्केर नवर्निर्माणमा लाग्न आग्रह गरे ।
त्यहाँ दोस्रो दर्जाको नागरिक भएर बस्नुभन्दा आफ्नो देशलाई संकट परेका बेला यहीँ फर्केर केही गर्न उनले आग्रह गरे ।
‘के तपाईहरुसँग देशप्रतिको जिम्मेवारी छैन ? नेपालमा यतिबेला तपाईहरुको आफ्नै घर भत्किएको छ,’ पन्तले विदेशमा बस्ने दाजुभाइलाई भने, ‘त्यहाँ तपाईहरु दोस्रो दर्जाकै नागरिक हुने हो, अब स्वदेशमा आएर पहिलो दर्जाको हुने कि उतै बस्ने ?’
संसारका अधिकांश देशमा आप्रवासनमा गएका नागरिकहरु फर्केर विकास सम्भव भएको डा. पन्तले बताए । उनले भने -‘कोरिया यसैगरी बनेको हो, भारत र चीनमा पनि विकसित राष्ट्रबाट फर्केका नागरिककै कारण विकास सम्भव भएको हो ।’
राज्यसँग तलब नमागौं
विकसित देशमा बसोबास गरिरहेका दक्ष नेपालीहरुले चार/पाँच वर्षमात्रै भए पनि स्वदेश फर्केर योगदान गर्नुपर्ने डा. पन्तको सुझाव छ ।
‘अहिल्यै सबै मिलेर देशका लागि केही गरौं,’ उनले भने, ‘ढीलो गर्‍यौं भने देश डुबिसकेको हुनेछ, हामी सबै एउटै डुंगामा डुबिसकेका हुनेछौं ।’
विकसित मुलुकमा गएर सीप आर्जन गरेका नागरिकहरुले राज्यले पर्याप्त तलब र जागिर दिन्छ कि दिँदैन भनेर सोचिरहनुभन्दा स्वदेश फर्केर आफैंले रोजगारी सिर्जना गरेर देशलाई मद्दत गर्नुपर्ने डा. पन्तको सुझाव छ ।

बहस : ‘खाडी मुलुकका नेपालीलाई स्वदेश फर्काऔं’