linga
संसारमै पहिलो सफल लिंग प्रत्यारोपण  भएका युवा बाबु बन्ने भएका छन् । उनको लिंग प्रत्यारोपण गरेका डाक्टर आन्द्रे फन डेर मैरवेले बिबिसिसँग उनकी गर्लफ्रेन्ड चार महिनाकी गर्भवती भइसकेको बताएका छन् । उनले भनेका छन्, ‘यसको अर्थ हो लिंग प्रत्यारोपण सफल भयो ।’

दानमा पाएका थिए लिंग
गत डिसेम्बेरमा दक्षिण अफ्रिकाका एक युवाको लिंगको सफल प्रत्यारोपण भएको थियो । नौ घन्टा लगाएर स्टेलेनबास विश्वविद्यालय र टाइगरबर्ग अस्पतालका सर्जनले अप्रेसन गरेका थिए । २१ वर्षका युवाको जब लिंग काटियो, जोड्नका लागि उनले दानमै लिंग पाएका थिए ।

डाक्टर आन्द्रे फन डेर मैरवेले उनकी गर्लफ्रेन्ड चार महिनाकी गर्भवती भइसकेको बताएका छन् ।

‘शंका छैन’
उनी बाबु बन्नेमा कुनै शंका नरहेको डा. आन्द्रेले बताएका छन् । उनको पृतृत्व परिक्षणको समेत जरुरी नभएको उनले बताएका छन् । उनले भने, ‘हामी चाहन्थ्यौँ, ऊ सामान्य मान्छेजस्तै प्रत्यारोपण गरिएको लिंगबाट पिसाब गरोस् र सम्भोग पनि गरोस् ।’
उनले आफूले लिंग प्रत्यरोपण गरेको युवामा सन्तान उत्पादन क्षमता प्रचुर रहेको बताए । उनले भने ‘खराबी उसको लिंगमा थियो तर अण्डकोषमा होइन । त्यसैले शंका गर्न मिल्दैन i

पहिलोपल्ट लिंग प्रत्यारोपण गरेका युवा बाबु बन्दै