सम्पदा पुनर्निमाणका लागि खडा गरिएको सम्पदा कोषमा रकम जम्मा गर्न सरकारले बजेटमार्फत दूरसञ्चार सेवा दस्तुरमा एक प्रतिशत कर लगाउने निर्णय गरेपछि टेलिकम कल महँगो हुने भएको अन्नपूर्ण पोस्टमा खबर छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले यसबाट संकलन हुने रकम सीधै सम्पदा कोषमा जम्मा हुने जानकारी दिए ।
ल्यान्डलाइन फोनको शुल्कमा पनि एक प्रतिशत वृद्धि हुनेछ । अर्थ मन्त्रालयका अनुसार यस्तो शुल्कबाट वाषिर्क ६० करोड रुपैयाँ जम्मा हुनेछ ।