काठमाडौँ, २२ साउन । अघिल्लो संविधानसभाले हासिल गरेका ८० प्रतिशत उपलब्धिलाई वर्तमान संविधानसभाले स्वामित्व ग्रहण गरेकाले आफूहरुको भूमिकालाई पनि संविधानमा स्थान दिइनुपर्ने माग पूर्वसभास्दले गर्नुभएको छ ।
व्यवस्थापिका-संसद् सचिवालयमा सभाध्यक्ष सुवास नेम्वाङलाई भेटी जीवनपे्रम श्रेष्ठ, नारायण दाहाल, उषाकला राई, कल्पना राणा, कल्याणी रिजाललगायत पूर्वसभासद्ले आफूहरूको भूमिका र जनताको राय सुझावलाई पनि उचित स्थान दिन आग्रह गर्नुभयो ।
सोही अवसरमा पूर्वमहिला सभासद्ले छुट्टै आठबुँदे ज्ञापनपत्र बुझाउँदै संविधानको प्रस्तावनामा ‘पितृसत्ताले सिर्जना गरेको विभेद र उत्पीडनको अन्त्य गर्दै’ वाक्यांश थप गर्न माग गर्नुभयो ।व्यवस्थापिका-संसद् सचिवालयमा सभाध्यक्ष सुवास नेम्वाङलाई भेटी जीवनपे्रम श्रेष्ठ, नारायण दाहाल, उषाकला राई, कल्पना राणा, कल्याणी रिजाललगायत पूर्वसभासद्ले आफूहरूको भूमिका र जनताको राय सुझावलाई पनि उचित स्थान दिन आग्रह गर्नुभयो ।
ज्ञापनपत्रमा वंशजका आधारमा नागरिकतामा आमा वा बाबुको व्यवस्था हुनुपर्ने, अङ्गीकृत नागरिकतामा समानता कायम गर्नुपर्ने, महिलालाई प्रजनन स्वास्थ्यको हक दिइनुपर्ने, विभिन्न निकाय र सबै तहको निर्वाचनमा ५० प्रतिशत महिला स्थान सुनिश्चित हुनुपर्ने, मौलिक हकभित्र पारिवारिक हक थपिनुपर्ने, सामाजिक न्यायका हकमा समावेशी अघि ‘समानुपातिक’ र ‘लैङ्गिक तटस्थता’शब्दको प्रयोग हुुनुपर्ने माग उहाँहरुको थियो ।
सो अवसरमा सभाध्यक्ष नेम्वाङले अघिल्लो संविधानसभाले हासिल गरेका उपलब्धिलाई लिएर अघि बढ्न सबै दलले स्वीकार गरेका र त्यसकै आधारमा नियमावली पनि तयार भएकाले पूर्वसभासद्को योगदान ऐतिहासिक रुपमा समावेश भइसकेको बताउनुभयो ।
पूर्वमहिला सभासद्का कतिपय मागमा पनि संविधानसभाले ध्यान दिई मस्यौदा समितिमा पु¥याइसकेको छ भन्दै उहाँले बढीभन्दा बढी जनताको राय सुझावलाई संविधानमा स्थान दिनका लागि प्राप्त सुझाव सङ्कलनमा बढी समय लागेको उल्लेख गर्नुभयो । “नयाँ संविधान महिलामैत्री हुने छ” नेम्वाङले विश्वास दिलाउनुभयो । रासस