श्रावण २२,
मोडलिङ सुरू गरेको दुई दशक भयो । सन् १९९६ तिरका दिन सम्झँदा अहिले कला सुब्बालाई जति रोमाञ्चक अनुभूति हुन्छ त्यति नै अत्यास पनि लाग्छ । त्यसबेला भारतमा अर्जुन रामपाल, मलाइका अरोरा, मेहर बसिनस रूचि मलहोत्रा, ऐश्वर्या राय, सुस्मिता सेन, नैनिका चटर्जी लगायत मोडलको चर्चा र सफलता चुलिँदो थियो । बलिउडलाई उनीहरूले लोभ्याइसकेका थिए । मोललिङबाट त्यसरी नै सफलता पाउने सपना बोकेर यस क्षेत्रमा हाम फालेकी कलाले संघर्ष आफैँमा एउटा कथा बनिसकेको छ । ‘मैले जिरोबाट सुरू गरेँ । चिनेको कोही थिएन । मेकअप, ड्रेसअप, क्याटवाक केही थाहा थिएन । त्यसमाथि बिग्रेका, नपढेका, उत्ताउला केटाकेटी लाग्छन् भनेर दैनिक गाली सहनुपथ्र्यो,’ कला स्मरण गर्छिन्, ‘तर लाखौँ युवतीमा म आफूलाई भाग्यमानी सम्झन्छु । त्यस्तो अफवाहका बीचमा पनि मोडलिङ क्षेत्रमा मलाई परिवारले साथ दियो ।’
नब्बेको दश कलाका लागि उपयोग साबित भयो । अहिले पनि उनी त्यही दशकको आधारमा उभिएकी छन् । ‘सन् १९९६बाट मोडलिङ, आरजेइङ एकैसाथ सुरू गरेँ । त्यही साल मिस नेपालमा सहभागी भई मिस ट्यालेन्ट उपाधि पाएँ । त्यसपछि मात्रै मैले गन्तव्य थाहा पाएँ,’ कला भन्छिन्, ‘त्यसअघि मलाई गन्तव्य नै थाहा थिएन । टीकट काउन्टरमा हुन्थेँ तर कुन बसमा चढेर कता नोने भन्ने थाहा हुँदैनथ्यो ।’ अविवाहित कलालाई अबचाहिँ विवाह गर्नुपर्छ भन्ने लाग्न थालेको छ । ‘अहिले त जिन्दगी यत्तिकै खुसी छ । विवाह पछिका लानि गर्ने हो । त्यसका लागि म तयार छु । मनको दैलो खुला छ,’ विवाहबारे उनी भन्छिन्,’ ‘म खोजेर हिँडेको छैन । मलाई खोज्न पनि कोही आएका छैनन् । जमानामा मन मराउने धेरै थिए । प्रेम गरियो । ब्रेकअप भयो । त्यसलाई म सामान्य रूपमा लिन्छु ।’-अन्नपूर्ण शैलीबाट