१२ असार, काठमाडौं ।महिला साथीको अश्लिल भिडियो बनाई विभिन्न अश्लिल वेबसाइटमा पोष्ट गरी मानसिक यातना दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।दार्जलिङ भारत घर भई हाल काठमाडौं टोखा नगरपालिकामा बस्ने वर्ष २९ को बरुण थापालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज गोँगबुबाट पक्राउ गरेको हो ।थापालाई विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि आजै महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।यसैगरी महाशाखाले जडीबुटी व्यवसायको साझेदार बनाउँछु भनी एक महिलाबाट आठ लाख नगद तथा सुन लिई ठगी गर्ने मकवानपुर हेटौँडाका दीपक क्षेत्रीलाई पक्राउ गरेको छ । २०६७ सालमा अवैध रुपमा अमेरिकी पेस्तोलसहित पक्राउमा परेका उनी २०७० सालमा छुटेका थिए ।

अश्लिल भिडियो बनाई चरित्र हत्या गर्ने पक्राउ