कुविक एनपी न्युज काठमाडौं, ९ असार । १६ वर्षीय किशोरमाथि यौनदुराचार गरेको आरोपमा प्रहरीले ललितपुर गोदावरीका हरिहर आचार्यलाई पक्राउ गरेको छ।आफूलाई ज्योतिषी एवं तान्त्रिक विद्या जानेको बताउने आचार्यले नक्साल भाटभटेनीनजिकै कोठा भाडामा लिएर बसेका थिए।विभिन्‍न चलचित्र व्यवसायीसमेत आचार्यको कोठामा फिल्मको नाम जुराउनेदेखि कहिले हलमा लगाउने सम्म हेराउन पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीको विशेष टोलीले आचार्यलाई सोमबार पक्राउ गरेको हो।पीडित १६ वर्षीय किशोरलाई कोठामा बन्धक बनाएर आचार्यले मुख मैथुनदेखि अप्राकृतिक यौनसम्पर्क गर्दै आएको प्रमाण प्रहरीले फेला पारेको छ।ती किशोरले नै आफूमाथि आचार्यले गरेको ज्यादती सहन नसकेर मोबाइलमा भिडियो खिचेर प्रहरीलाई बुझाएपछि यो घटनाको रहस्य बाहिर आएको हो।काठमाडौं प्रहरीका प्रवक्ता एसपी विश्वराज पोखरेलले पीडित किशोरले प्रहरीमा बुझाएको भिडियो सुरक्षित रहेको बताए।

तान्त्रिकले किशोरीलाई थुनेर अप्राकृतिक यौन कार्य गरेको आरोपमा पक्राउ