वि.सं.२०७२ साल असार १ गते। मंगलबार।
कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु।
नेपाल संवत् ११३५ तछलागा। आषाढ शुद्ध–कृष्णपक्ष।
तिथि– अमावश्या, साँझ ७:२३ बजेउप्रान्त आषाढ अधिक शुक्लपक्ष, प्रतिपदा।
नक्षत्र– रोहिणी, बिहान ६:०४ बजेउप्रान्त मृगशिरा।
योग– शूल, अपराह्न ४:५० बजेउप्रान्त गण्ड।
करण– चतुष्पद, बिहान ७:४७ बजेपछि नाग, साँझ ७:२३ बजेउप्रान्त किंस्तुघ्न।
आनन्दादिमा मातंग योग।
चन्द्रराशि– वृष, साँझ ६:०१ बजेउप्रान्त मिथुन।
काठमाडौंमा सूर्योदय– ५:१० बजे, सूर्यास्त– ६:५९ बजे र दिनमान ३४ घडी ३४ पला।
आषाढ संक्रान्ति। दर्शश्राद्ध। हलो बार्ने, निशि बार्ने र स्नान–दानादि गर्ने औंसी।
![]()
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्।
व्यावसायिक काममा अवरोध आउने देखिन्छ।
खर्चको मात्रा बढ्ने र आर्थिक अभावले सताउने योग छ।
बोलीको गलत अर्थ लाग्ने वा तपाईंको अभिव्यक्तिबाट विवाद उत्पन्न हुने सम्भावना छ,
मान–सम्मानमा आघात पुग्न सक्छ, सचेत रहनुहोला।
पहिले सम्पादित कामबाट मात्र लाभ मिल्न सक्छ।
|
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :पारिवारिक भेटघाटको समय छ। तर, भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला। |
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ। काममा लगानी बढाउने समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। होसियारीसाथ काम लिनुपर्ने समय छ। |
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन समेत लाभ होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति हुनेछ। |
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : सामाजिक कामको दायित्व बढ्नेछ। अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ। उत्साहमा कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्। |
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। तर, जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ। |
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : प्रयास गर्दागर्दै समय बित्नेछ। आजको समस्या तत्काल समाधान नहुन सक्छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत कमजोरीले पनि सताउला। उपचारमा खर्च हुने योग छ। विद्यामा समय दिन नसकिएला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ। |
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : व्यापारमा लाभ मिल्नुका साथै व्यावसाय विस्तारका लागि यात्रा हुन सक्छ। विलासिताका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ। |
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। नगरेका गल्तीको सजाय भोग्नुपर्ला। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। योजनाहरू गोप्य राख्नाले लाभ मिल्नेछ। |
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :अप्रिय समाचारले दुःखी बनाउन सक्छ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। व्यापार–व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। धैर्यले काम लिनुपर्ला। काममा अवरोध आउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ। |
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस्। रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ। आमाको सहयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला। |
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : काममा रोकावट र कममात्र फाइदा हुनेछ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। पहिलेका समस्याले पनि झमेला आइलाग्न सक्छ। पति–पत्नीबीच असमझदारी बढ्ने सम्भावना छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। चुनौती देखिए पनि प्रयत्नल गर्दा लाभ उठाउन सकिनेछ। |

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :