mers-2.si
चीनले मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) नामको भाइरसबाट सङ्क्रमितहरुको परीक्षण १५ मिनेटमै गर्न सकिने प्रविधिको विकास गरेको छ ।

कोरियाली स्वास्थ्य अधिकारीहरुले उक्त सङ्क्रमणको प्रभाव घट्दो मात्रामा रहेको पाइएको बताइरहेका बेला यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले सो प्रविधिको विकास भएको बताएका छन् ।

हङकङ् र सियामेन विश्वविद्यालयका अनुसन्धानदाताहरुले गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको बताइएको छ । उनीहरुले गतवर्षदेखि नै यसको अनुसन्धान थालेका हुन् ।

यो प्रविधि सहज र पहूँचयोग्य रहेको पनि उनीहरुको भनाई छ । अनुसन्धानदाताहरुका अनुसार यसले एक पटकमा धेरै जना बिरामीको पनि परीक्षण गर्न मिल्नेछ ।

यो सजिलो र पहूँचयोग्य भएकोले एक दिनमा एकजना चिकित्सक एवम् ल्याबका प्राविधिकले कम्तीमा पनि एक हजार जनाको परीक्षण गर्न सक्ने बताइएको छ । दक्षिण कोरियामा यो सङ्क्रमणका बिरामीको सङ्ख्या १६६ पुगेको बताइएको छ । यस सङ्क्रमणबाट २४ जनाको ज्यान गएको कोरियाली स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

करिब तीन हप्ताअघिमात्र चारजनामा यसको सङ्क्रमण देखिएको थियो । त्यसयता यसको सङ्क्रमण त्यहाँ दिन प्रतिदिन बढ्दो मात्रामा रहेको पाइएको छ । यस सङ्क्रमणलाई थप फैलिन नदिनका लागि सरकारले कैयौँ सतर्कता अपनाएको बताएको छ । तर पनि दिनहुँ नयाँ बिरामी भने भेटिएकाले सरकरी पहल प्रभावकारी हुन नसकेको आरोप पनि छ ।

सन् २०१२ मा यो सङ्क्रमण साउदी अरेबियामा देखिएको थियो । यसका कारण संसारमा अहिलेसम्ममा कम्तीमा पनि एक हजार जना सङ्क्रमित भएका र त्यसमा परी अरु करिब ४०० जनाभन्दा बढीको ज्यान गएको छ । रासस/एएफपी

अब मर्सको परीक्षण १५ मिनेटमै