डा. सुदिप श्रेष्ठ, अध्यक्ष, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.
भरपर्दो उपचार पद्दति र अस्पतालको कमीका कारण क्यान्सरको उपचारका लागि धेरै बिरामीहरु छिमेकी मुलुक भारत या अन्य देशका अस्पताल धाउनुपर्ने अवस्था विद्यमान छ । उपचारका लागि करोडौं रुपियाँ विदेशिइरहेको छ । यही अवस्थाका बीच क्यान्सरको अन्तर्राष्ट्रियस्तरको सेवा दिन ललितपुरको हरिसिद्धिमा निर्माण गरिएको नेपाल क्यान्सर अस्पतालको आफ्नो सेवा सुरु गरेको छ । अस्पतालमा इमर्जेन्सी, रेडियोलोजी, ल्याब, ओपीडी सेवा तथा डे–केयर सेवा सञ्चालनमा आएको छ ।   अस्पतालका अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठसंग गरिएको कुराकानी :

क्यान्सर रोगको नयाँ अस्पताल खोल्ने सोच कसरी आयो ?
क्यान्सर रोगका लागि नेपालमै अन्तराष्ट्रियस्तरको उपचार सेवा प्रदान गर्नुपर्छ भनेर हामीले १० वर्ष अगाडिदेखि एउटा सपना देखेका थियौँ । त्यो सपनाको पहिलो खुड्किलो बल्ल पूरा हुँदैछ । हामी विभिन्न फेजमा त्यो सपनालाई पूरा गर्नेछौँ । १० वर्ष अगाडिको सपना भए पनि हामीले सक्रिया रुपमा काम सुरु गरेको भने पाँच वर्ष अगाडिदेखि हो । तत्काललाई हामीले पहिलो र दोस्रो चरणगरी एक सय ५० बेड क्षमताको आधुनिक उपचार सेवाको अस्पताल सञ्चालनमा ल्याउँदैछौं । बिस्तारै यस्लाई अरु फेजमा बढाउँदै लैजाने छौँ । हाल यो अस्पताल २५ रोपनी क्षेत्रफलमा आधुनिक भवन र उपकरणका साथ बिरामीहरुलाई सेवा दिने गरी आएको हो । अहिले हामीले एक सय ५० करोड रुपैयाँको लगानीमा अस्पताल सञ्चालनमा ल्याउन लागेका हौँ ।
अस्पतालमा त्यस्तो नयाँ के उपचार सेवा दिँदै हुनुहुन्छ र ?

बिरामीहरुलाई एउटै छानामुनी सम्पूर्ण क्यान्सर उपचार प्रदान गर्ने उद्देश्यले यो अस्पताल स्थापना गरिएको हो । हामीले बिरामीलाई क्यान्सरका पनि सब–स्पेसियालीटी सेवा प्रदान गर्नेछौँ । त्यो भनेको बच्चाका लागि छुट्टै, छातीका लागि छुट्टै, नाका, कान घाँटी, स्त्री क्यान्सर, टाउको, हड्डीका लागि छुट्टै स्पेसियालिटी सेवा दिने हो । यस्तै अन्तिम अवस्थामा पुगेका बिरामीलाई ‘क्वालिटी’ जीवन विताउने वातावरण बनाउने छौँ । उपचारमा मात्र होइन हामीले रोग लाग्नै नदिनका लागि चेतनामुलक कार्यक्रमसमेत चलाउने छौँ । यस्तै अनुसन्धानका कार्यक्रम पनि सञ्चालन गर्ने छौँ । तालिम प्रदान गर्ने तथा होमकेयरको पनि सुविधा दिनेछौँ । अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउने गरी हामी अगाडि बढेका छौँ ।

अस्पतालका लागि आवश्यक जनशक्ति र उपकरणहरु छन् त ?

उपचारका क्रममा बिरामीले कुनै गुनासो गर्ने अवस्था आउन नदिने गरी हामीले सबै तयारी पूरा गरिसकेका छौँ । उपकरण, ल्याब सबै आधुनिक र नयाँ प्रविधिका छन् । जनशक्तिहरु पर्याप्त मात्रामा राखेका छौँ । यसका साथै जनशक्तिलाई आवश्यकताअनुसार सबै विभाग र वार्डमा काम गर्न सहज होस् भनेर तालिमसमेत दिइसकेका छौँ । हाम्रा जनशक्तिलाई भारतको राजीब गान्धी क्यान्सर अस्पतालले तालिममा सहयोग गरेको हो । राजीब गान्धी अस्पतालले हामीलाई चाहिने अन्य प्राविधिक सहयोगसमेत गर्ने सम्झौता भएको छ । यस्का साथै हामीले आधुनिक सूचना प्रबिधिको उपयोग गर्दै टेलिमेडिसिन, ई–मेडिसिन, स्याटेलाईट क्लिनिक, मोवाईल सर्भिससमेत प्रदान गर्ने छौँ ।

भनेपछि नेपाल क्यान्सर अस्पताल सञ्चालनपछि क्यान्सर उपचारका लागि नेपालीले विदेशिनु पर्दैन ?
पूर्ण रुपमा रोक्न त सकिँदैन । तर धेरै हदसम्म विदेशीनेको संख्यामा कमी हुने छ । अहिले उपचारका लागि विदेशिएको संख्यालाई हेर्दा हामीले ३० देखि ४० प्रतिशत बिरामीलाई विदेशिनबाट रोक्न सक्नेछौँ । किनभने अझै हामीकहाँ पेट स्क्यान सुविधा आउन सकेको छैन । पेट स्क्यान चाहिने र केही आफुखुसी जान चाहनेलाई रोक्न सकिन्न ।

नेपालमा क्यान्सर रोगको अवस्था कस्तो छ ?
नेपालमा क्यान्सरका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन । तर, अस्पतालहरुमा उपचार गर्न आउने बिरामीको बढ्दो दर हेर्दा नेपालमा यो रोगका बिरामी हरेक वर्ष बढिरहेको देखिन्छ । अस्पतालमा आएका बिरामीकै आधारमा चिकित्सकहरुले नेपालमा वार्षिक १५ हजार नयाँ क्यान्सर रोगी थपिने अनुमान गरेका छन् । तीमध्ये निकै थोरै मात्र उपचारका लागि अस्पतालमा आउने गरेका छन् । धेरै बिरामीहरु उपचार अभावमा नै ज्यान गुमाउन बाध्य छन् ।

उपचारका लागि अस्पतालमा आउने बिरामी कुन अवस्थामा आउने गर्दछन् ?
अधिकांस बिरामीहरु रोगले च्यापेर थला परेपछि मात्र अस्पताल आइपुग्ने गरेका छन् । अस्पतालहरुमा उपचारका लागि आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत बिरामी तेस्रो र चौथोँ स्टेजमा मात्र आउँछन् । बिरामीहरुमा चेतनाको अभाव र ग्रामिण भेगमा क्यान्सर परीक्षण गर्ने व्यवस्था नहुँदा यस्तो अवस्था आएको हो । सरकारले क्यान्सर परीक्षण सेवालाई गाउँ–गाउँमा पु¥याउँने हो भने ७० देखि ८० प्रतिशत बिरामीको रोग पहिलो अवस्थामा नै पत्ता लगाउन सकिन्छ ।

नेपालमा क्यान्सर रोगको उपचारको अवस्थाचाहिँ कस्तो छ नि ?
बिरामीको बढ्दो दरअनुसार उपचार गर्ने अस्पतालको संख्या निकै कम छ । अस्पतालको कमी र उपचार पद्दतिमा आएको नयाँ विकास तथा प्रविधिको अभावका धेरै बिरामी उपचारका लागि भारतलगायतका अन्य देशमा जानुपर्ने अवस्था छ । क्यान्सर उपचारकै लागि नेपालबाट करोडौँ रकम विदेशिइरहेको छ । त्यही भएर हामीले अन्तर्राष्ट्रियस्तरको उपचार सेवा नेपालमै प्रदान गर्न नयाँ अस्पताल खोलेका छौँ । यो अस्पताल सञ्चालनमा आएपछि धेरै बिरामी विदेशिनु पर्दैन । विदेशमा गएर पाउने उपचार सेवा नेपालमै सहज र कम शुल्कमा पाउनेछन् । यो अस्पताल सञ्चालन भएपछि भारतको तुलनामा बिरामीले ६० प्रतिशत कम शुल्कमा उपचार सेवा पाउने छन् । यसका साथै उपचारका लागि भारतमा जाने, बस्ने अन्य खर्चसमेत जोगिने छ ।

अब क्यान्सर उपचारका लागि विदेशिनु पर्दैन