pic of a person seeing a woman doing yogaको लागि तस्बिर परिणामयोगाभ्यासले स्वास्थ्यलाई तन्दुरुस्त राखिराख्न मद्दत गर्छ तर यही योगको नाउँमा विश्वमा अनेकन उट्पट्याङ काम पनि हुन थालेका छन् । दक्षिणी चिनियाँ सहर सेन्झेनमा यस्तो एउटा योगाभ्यासको कार्यक्रम सम्पन्न गरिएको छ, जसमा पाँच सय गर्भवती महिला मात्र सहभागी थिए ।
कम्तीमा आधा घन्टा सबैखाले योगाभ्यास गर्नुपर्ने नियम भएको सो कार्यक्रममा ४ सय २३ जनाले अन्तिमसम्म भाग लिएका थिए । योगाभ्यासले पेट चिरी बच्चा जन्माउनु नपर्ने गरी सुत्केरी हुन सकिन्छ भन्ने विश्वासमा भाग लिन आएको गर्भवती महिलाहरूको दाबी छ । उता, आयोजक वु सियाओहोङले भने गिनिज बुकमा रेकर्ड राख्ने उद्देश्यले कार्यक्रम राखेको बताएका छन् । उता, अमेरिकाको न्युयोर्कमा ुबोल्ड एन्ड नेक्ड योग स्टुडियोु खोलिएको छ । योगाभ्यास सिकाउने उक्त स्टुडियोमा महिला र पुरुष दुवै सर्वांग नांगिएर योग गर्छन् । प्रशिक्षक जोस्चि स्चवार्ड भन्छन्, योगाभ्यासको बेला कसैले कसैको अंगमा हेर्नुलाई नियमविपरीत मानिन्छ । विनालुगामा योग गर्दा बढी आरामदायी हुन्छ ।
यसअघि सन् २०११ मा टाउको तल र खुट्टा माथि पारी योगाभ्यासमा लीन एउटी महिला र स्तन चुसिरहेको सानो छोराको फोटो टाइमु पत्रिकामा छापिएको थियो । योगाभ्यास गरिरहँदा छाती खुला देखेर छोरो स्तन चुस्न आइपुगेको ती महिलाको भनाइ छ । उक्त आमाछोराको फोटो पुलित्जर पुरस्कारको मनोनयनमा समेत परेको थियो ।

योगाको नाममा यस्तो चरतिकला