डेढ वर्षअघि मनमोहन नर्सिङ कलेज, ठमेलबाट पढाई पूरा गर्दा अनिता कोइरालाको मन खुसीले बेचैन थियो । उनलाई लागेको थियो– सानैदेखि नर्स बनेर बिरामीको सेवासँगै नाम र दाम कमाउँने सपना साकार हुने क्षण नजिकिँदैंछ । उनी राम्रो अंकका साथ स्टाफ नर्स पास भइन् । नर्सिङ काउन्सिलको लाइसेन्सिङ परीक्षा उत्तिर्ण गर्न पनि कठीन भएन । सबै खुड्किला पार गरेपछि जागिरको खुल्ला आकाशमा उड्न कसले रोक्ला भनेजस्तै लाग्थ्यो उनलाई । तर बिडम्बना ! त्यसपछिका दिनहरू उनले कल्पना गरेजस्तो सहज भएनन् । प्रमाणपत्र बोकेर जागिरको खोजीमा धेरै अस्पताल चहारिन्, धेरै अन्तर्वार्ताको सामना गरिन् । तर अस्पतालले जागिर दिएनन् बरु भोलेन्टियर गर्ने अफर गरे । उनलाई लाग्यो– केही समय भोलेन्टियर नगरी जागिर पाउँन मुस्किल छ । लाखौं खर्चसँगै मिहिनेतले आर्जन गरेको सीप र दक्षता उनले भोलिन्टियर भएर खन्याउँन थालिन् । राजधानीको एक अस्पतालमा एक वर्षदेखि भोलेन्टियरको रूपमा उनको सेवा जारी छ, ‘मेवाविनाको सेवा’ को रूपमा । जागिर पाउँने छनक अझै देखिएको छैन् । भोलेन्टियरको रूपमा एक वर्षमा उनले केही व्यवहारिक सीप त सिकिन् तर बेरोजगारी र श्रमशोषणमा बितेको एक वर्ष एक युगजस्तै लाग्दैछ । उनमा निराशाको पहाड चुलिँदो छ भने पेशाप्रति मोह र सम्मान पनि घट्दो ।
-    थापाथलीस्थित प्रसूति गृहमा भोलेन्टियर काम पाउँन सुष्मा शर्मा (नाम परिवर्तन)लेतीन हजार रुपियाँ घुस खुवाउँनु प¥यो । केही अनुभव हाँसिल होला र कतै जागिर पाइएला भन्ने आशामा ६ महिना निःशुल्क सेवा गर्दा पनि कतै संकेत देखिएन । यही समयमा एउटा दैनिक पत्रिकामा आएको ‘स्टाफ नर्स चाहियो’ भन्ने विज्ञापनले उनको ध्यान खिच्यो । उनी प्रसूति गृहमा ६ महिना भोलेन्टियर गरेको अनुभव प्रमाणपात्रसहित अन्तर्वार्तामा उपस्थित भइन् । उनलाई त्यहाँ पनि सुरुमा भोलेन्टियरकै रूपमा काम गर्नुपर्ने प्रस्ताव आयो । बिस्तारै जागिर पाइएला भन्ने आशामा भोलेन्टियर बनेको ७ महिना बितिसकेको छ ।  राजधानीका ठूला सरकारीदेखि नाम चलेका निजी अस्पतालमा कार्यरत नर्सहरूको कथा यस्तै छ । च्याऊसरी खुलेका नर्सिङ कलेज बेरोजगार नर्स उत्पादन गर्ने केन्द्र बन्दै गएका छन् ।
नर्सिङ पेशाप्रति बढ्दो आकर्षणका कारण कलेजको संख्या बढेपनि त्यसको सही व्यवस्थापन हुन नसक्नु, योग्यताका आधारमा काम नपाउँनु, सरकारी सेवामा पदपूर्ति र नयाँ दरबन्दि सिर्जना हुन नसक्नु, आकर्षक तलब नहुनुजस्ता कारण नर्सहरू आर्थिक तथा मानसिक रूपमा शोषणमा परिरहेका छन् । कतिपय संस्थाले आफँैले उत्पादन गरेका जनशक्तिलाई भोलेन्टियर बनाएर शोषण गरिरहेका छन् ।

निजी क्षेत्र मात्रै नर्सको श्रम शोषणमा जिम्मेवार छैनन् । बिरामीको अनुपातमा दरबन्दी नबढाउँने, भएको दरबन्दीमा पनि नियुक्त नगर्ने सरकारी प्रवृत्ति र आर्थिक लाभ लिएर सरकारी अस्पतालमा समेत भोलेन्टियर लगाउने सरकारी अस्पतालका प्रशासक पनि उत्तिकै दोषी छन् । नर्सिङ जनशक्तिको बढ्दो बेरोजगारीको फाइदा उठाएर भोलेन्टियरकै भरमा अस्पताल चलाउँने निजी अस्पतालको प्रवृत्ति बढ्दै गएको छ । ठुला सरकारी अस्पताल वीर अस्पताल, प्रसूति गृह, कान्ति बाल  अस्पताललगायत जिल्लादेखि अञ्चल अस्पतालसम्म भोलेन्टियरको बहानामा नर्सलाई लामो समयसम्म श्रम शोषण भइरहेको छ ।
नेपाल नर्सिङ काउन्सिलका अनुसार देशभरका १०५ निजी र एक दर्जन सरकारी नर्सिङ कलेजबाट प्रत्येक वर्ष ६ हजारको हाराहारीमा नर्सिङ जनशक्ति थपिइरहेका छन् । यी सबै जनशक्तिले रोजगारी पाउँन सक्दैनन् । नेपाल नर्सिङ संघकी अध्यक्ष प्रमिला देवानका अनुसार ७५ प्रतिशत नर्स बेरोजगार छन् । जागिरका लागि भौतारिइरहेका नर्सहरू जागिर पाइने आशामा महिनौं भोलेन्टियर गरेर निराशाका बीच पसिना बगाइरहेका हुन्छन् । सरकारी सेवामा करिब २४ हजार नर्स आवश्यक भएपनि करिब ६ हजारमात्र कार्यरत छन् । स्वास्थ्य मन्त्रालयले न त पदपूर्ति गर्न सकेको छ न दरबन्दी नै थप्न चासो देखाएको छ । नेपालको कुल जनसंख्याको अनुपात हेर्ने हो भने हाल सरकारी सेवामा कार्यरत एकजना नर्सको भागमा करिब ५ हजार बिरामी पर्ने गरेका छन् । सरकारले जनशक्ति उत्पादन र खपत गर्ने नीति तथा योजना बनाउँन नसक्दा समस्या बढ्दै गएको नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष दयालक्ष्मी बैद्य बताउँछिन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सामान्यतः सघन उपचार कक्ष (आईसीयु)मा एक बिरामी बराबार एक जना नर्स हुनुपर्छ । अस्पतालको सेवा सिफ्टका हिसाबले तीन सिफ्ट हुँदा तीन जना नर्स चाहिन्छ । त्यसैगरी शल्यकक्षमा एक बिरामी बराबर तीन, बार्डमा पाँच बिरामी बराबर एक नर्स हुनुपर्छ । तर नेपालका सरकारी अस्पतालका वार्डमा एक नर्सले २५ जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।
नर्सिङ संघकी अध्यक्ष देवानका अनुसार सम्मानित पेशाको रूपमा कहलिएकाले नर्सिङ विद्यार्थीको आकर्षण र अभिभावकको पनि छनौटमा परेको थियो । यो सामाजिक ‘स्टाटस’को विषयसमेत बनेको थियो । पछिल्ला दिनमा नर्सका लागि त्यही ‘स्टाटस’ भारी भएको उनको भनाई छ । पिसिएल नर्सिङ गरेका विद्यार्थीका लागि ब्याचलर गर्न  दुई वर्ष काम गरेको अनुभव चाहिने प्रावधानले पनि नर्सहरू भोलेन्टियर बन्न बाध्य भएका छन् । नर्सहरूको यो विवसताको फाइदा अस्पतालले उठाइरहेको शहिद मेमोरियल अस्पताल कलंकीमा कार्यरत भोलेन्टियर नर्स बन्दना भट्टराईको भनाई छ । ‘के के न ठानेर नर्सिङ पढेको, न जागिर पाइयो न सम्मान’, उनले थपिन्, ‘अहिले त किन पढिएछ भन्ने भएको छ ,’
८ लाखसम्म खर्च गरेर पढेका नर्स महिनौंसम्म जागिर पनि नपाउँने, पाएपनि  तलब थोरै हुने, नियमित नहुने  र सेवाको सम्मान पनि घट्दै गएकाले निराश बन्दै गएका छन् । वरिष्ठ नर्स किरण बज्राचार्यका अनुसार यसरी भोलेन्टियर गर्ने नर्सको संख्या दश हजारभन्दा बढी छ । देशभरका अधिकांश अस्पतालका आइसियु र शल्यकक्षसमेत भोलेन्टियर कै भरमा चलेका छन् । टुसुक्क बस्नेसमेत फुर्सद नभई भोलिन्टियर काम गर्ने नर्सले कतिपय अस्पतालबाट ‘एक कप चिया’ पनि पाउँदैनन् । शहिद मेमोरियल अस्पताल कलंकीका निर्देशक डा. दीपक श्रेष्ठ भोलेन्टियर राख्नु बाध्यता भएको बताउछन् । ‘आग्रह र सोर्सफोर्सका कारण मात्र भोलेन्टियर राख्नु परेको हो ।’ उनी भन्छन्, ‘निःशुल्क सेवा गर्नसमेत सोर्सफोर्स चाहिने अवस्था  छ ।’
राजधानीकै बल्खुस्थित बयोधा, बिएण्डबि, ब्लु क्रस, हिमाल, स्टार, मेडिकेयर, लाइफकेयर, ओम्नीकेयर, शिवज्योति, शिवदर्शन, मनमोहन, जनमैत्री, नोबल, महेन्द्रनारायण निधिजस्ता दर्जनौं अस्पतालको नर्सिङ सेवा भोलेन्टियरका भरमा चलेका छन् । राजधानीबाहिरका अस्पतालको अवस्था पनि उस्तै छ । लामो समयसम्म भोलेन्टियर गरेपनि सोर्सफोर्स नभएका नर्सले त जागिर पाउने अवस्था नै छैन ।
जागिर नपाएर भोलेन्टियर गर्ने मात्रै होइन जागिरे नर्सका पीडा र उनीहरूमाथिको शोषणको कथा पनि उस्तै छ । जागिरै पाएका नर्सले पनि एकदमै न्यून पारिश्रमिकमा सेवा गर्न बाध्य भएका छन् । ‘सुरुमा एक वर्षसम्म भोलेन्टियर गराउँने र त्यसपछि पनि मासिक बढीमा ८ हजार रुपियाँमा मात्रै दिएर काम लगाउँने परिपाटी छ,’ अर्की भोलेन्टियर नर्स भवानी पाण्डे भन्छिन् ।
सरकारले प्लम्बर तथा मजदूरको समेत न्यूनतम ज्याला तथा मासिक तलब तोकेको अवस्थामा व्यवसायिक शिक्षा लिएका दक्ष नर्स निःशुल्क काम गर्नुपर्ने बाध्यतामा परिरहेका छन् । धेरै अस्पतालले भोलेन्टियर र सस्तो पैसामा जनशक्ति पाउँने हुनाले तोकेको न्यून तलब पनि नियमित दिँदैनन् । ‘तलब किन ढिला भनेर सोधे मन नपरे अन्तै जानुस् भन्छन्,’ लाइफकेयर अस्पतालमा कार्यरत एक नर्सले भनिन् । कार्यरत नर्समध्ये पनि नवप्रवेशीमा यो शोषण अझै बढी छ । धेरै नर्सहरूले अन्यत्र अवसर पाएर जागिर छोड्दा बाँकी तलब पनि नपाउँने गरेको गुनासो गरेका छन् ।
‘पैसा जुटाउँन सकिएला भनेरै स्टाफ नर्स पढ्ने हो’, अर्की नर्स सुरुची खड्काले थपिन्, ‘अहिले अस्पताल र बिरामीले पनि नर्सलाई मान्छे नै गन्न छाडेका छन्, सीप, लगनशिलता र कलेजको प्रमाणपत्रको भ्यालु पनि हुन छाडेको छ ।’
निःशुल्क काम लगाउँदा पनि आफ्ना समस्यामा अस्पताल प्रशासन कहिल्यै संवेदनशील नहुने उनीहरूको भनाई छ । ‘बिरामी पर्दासमेत मानवीयताका नाताले समेत छुट पाइन्न’, नर्स ममता मल्लले भनिन्, ‘जसले काम बिगारेपनि त्यसको दोषसमेत भोलेन्टियरकै थाप्लोमा हालिन्छ ।’
एकातिर निःशुल्क काम, अर्कोतिर असन्तुष्टि र निराशाले नर्समा आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरसमेत बढ्दै गएको छ । धरै नर्सलाई लाखौं खर्च गरेर पढेपनि काम गर्दा बाबुआमासंग पकेट खर्च माग्नुपर्ने बाध्यतामा पर्दा आत्मग्लानीले पानी–पानी हुनुपरेको अनुभव गरिरहेका छन् । ‘पढ्दासम्म माया गर्ने र जति पनि खर्च दिने बाबुआमा पनि पछि जागिर खान नसक्दा झर्कोफर्को गर्न थाल्छन्,’ एक नर्सले भनिन्, ‘खाजा खाने पैसा र बसभाडासमेत माग्नुपर्दा आफैंलाई लाज लाग्छ ।’
अस्पतालको शोषणसँगै पारिवारिक र सामाजिक दबाबसमेत झेल्नुपर्दा धेरै नर्स डिप्रेसनको अवस्थासम्म पुगेका थुप्रै उदाहरण छन् । डिप्रेसनको अवस्थामा नपुगिसकेका पनि यी समस्याका कारण कामप्रतिको लगाब घट्ने बताउँछन् । चिन्ताकै कारण धेरै नर्सले पढाईमा पनि कम ध्यान दिने समस्या आएको वरिष्ठ नर्स बताउँछन् ।
युवा नर्सहरू आफूले अवसर नपाउँनु र मिहिनेतअनुसारको जस नपाउँनुमा वरिष्ठ नर्सहरूलाई दोषी देख्छन् । ‘इन्चार्ज या व्यवस्थापन कसैको नजिक भयो भने मात्र बढुवा हुन्छ । त्यसपछि मात्र विभिन्न तालिम र सेमिनारमा जाने मौका पाइन्छ ।’ अर्की नर्स वर्षा लामिछाने भन्छिन्, ‘सिनियर नर्स यसबारे केही बोल्दैनन् । कनिष्ठ नर्सहरू जहिले पनि पीडामा हुन्छन् । नर्सका इन्चार्ज र मेट्रोनहरू यस्तो व्यवहार गर्छन् कि मानौं उनीहरू नर्स भएरै जन्मिएका हुन् ।’ यतिसम्म कि सिनियर नर्सहरू सुत्केरी बिदाको पक्षमा समेत नहुने नर्स बन्दना महत बताउँछिन् । धेरै नर्सले सुत्केरी भएकै पहिलो या दोस्रो महिनामै जागिरमा फर्कनुपर्छ ।
स्कुले जीवनमा राम्रा विद्यार्थी गनिएका छात्राहरूले सुरुमा नाम निकाल्न कडा मिहिनेत गर्नुपर्छ । त्यहीअनुसारको मिहिनेत र खर्चसँगै विशेष सीप र चरित्र विना नर्सिङ पढाई पूरा गर्न र सम्भव नहुने नर्सिङ एशोसियसनकी अध्यक्ष देवान बताउँछिन् । सीपमा आधारित र अपडेट भएकै आधारमा हात सफा हुँदै जाने भएकाले नर्सहरू जतिसुकै शोषणमा परेपनि खाली बस्न नसक्ने उनको भनाई छ । सीपमा आधारित शिक्षा भएकाले सीप नर्बिसियोस् भन्न पनि भोलेन्टियर वा कम तलबमा काम गर्नुपर्ने बाध्यता रहेको नर्सहरू बताउँछन् ।
Nurse Story

किन आयो यस्तो अवस्था ?

नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष दयालक्ष्मी बैद्यको अनुभवमा नर्सिङ उत्पादन गर्न सबै तयार भए पनि रोजगारी दिन पन्छिने अवस्था छ । अनियन्त्रित रूपमा खोलिएका कलेजबाट प्रत्येक वर्ष ६ हजारको हाराहारीमा नर्सिङ जनशक्ति उत्पादन भइरहे पनि मुस्किलले २ हजारको हाराहारीमा मात्रै रोजगारीको अवसर सृजना भइरहेको छ ।
त्यतिमात्रै होइन पछिल्ला दिनमा नर्सिङ जनशक्ति उत्पादनमा खस्किँदो गुणस्तर पनि बजारमा रोजगारीको अवसर सृजना हुन नसक्नुको कारण बनेको छ । नर्स बन्नका लागि सेवा भावसँगै, नम्र बोली, मिहिनेत र पेशाप्रतिको लगाव चाहिन्छ, । धेरै अभिभावकले प्रतिष्ठा, विदेश जाने अवसर र विवाहका लागि सहज हुने ठानेर नर्स बनाएका छन् । नसिर्ङको स्कोप घटे पनि अरुको देखासिकीमा पढ्नेको संख्या नघटेको जानकारहरू बताउँछन् ।सोही देशासिकीमा पढेकाहरूमा काम गर्ने शैली र ढंग नदेखेर पनि कलेजहरूले शोषण गरिरहेको भनाई एकाथरी सञ्चालकहरूको छ ।
अर्कोतिर सरकारले पनि विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा जनशक्ति बढाउँने प्रतिबद्धता गरेपनि अहिले करिब तीन करोड जनसंख्याका लागि पनि ०४८ सालकै दरबन्दीको भर छ । स्वास्थ्य मन्त्रालयकी प्रमुख नर्सिङ प्रशासक ईश्वरी श्रेष्ठले नर्सिङ जनशक्ति थप्न जति टिप्पणी उठाए लगेपनि डाक्टर हाकिमहरूले कुरै नसुन्ने गरेको बताउँछिन् । ‘बिरामी छिटो निको बनाउँन, अस्पतालजन्य संक्रमणबाट हुने मृत्यु घटाउँन नर्सिङ केयर महत्वपूर्ण छ भन्ने कुरामा कोही संवेदनशील भएनन्’ उनले भनिन् । सरकारले आफू मोडल बनेर जनशक्ति थप्न नसक्दा र निजी अस्पतालको नर्सिङ जनशक्ति र बिरामीको अनुपात हेर्न नसकेको श्रेष्ठ बताउँछिन् ।
सरकारी सेवामा नयाँ दरबन्दी सिर्जना हुन नसकेको मात्र होइन, बढुवा पनि हुन सकेको छैन । पहिले छुट्टै महाशाखा रहेको मन्त्रालय अहिले शाखाको भरमा चलिरहेको छ । नर्सिङ अधिकृत एवम् एघारौ र दशौं तहका जनशक्तिको थुपै्र पद खाली छन् । विज्ञका अनुसार भएका ठाउँमा राख्न लगाउँनुका साथै सरकारले धेरै स्थानमा नर्स खपत गर्नेगरी नीति बनाउँन सक्छ । विकसित देशमा स्कूलमा समेत नर्स हुन्छन् । नेपालमा त्यस्तो सोच नपाइएको काउन्सिल अध्यक्ष दयालक्ष्मी वैद्य बताउँछिन् ।
विज्ञहरूका अनुसार ठूलो संख्यामा खुलेका कलेजले गुणस्तर कायम गर्न नसक्दा पनि उत्पादित जनशक्ति कमजोर भएका छन् । यसबाट पनि अस्पतालहरूलाई भोलेन्टियर काम गराउन प्रोत्साहन मिलिरहेको छ । ती कलेजले प्रयोगात्मक गर्ने अस्पताल अभाव हुँुदा पनि सिटिइभिटी र विश्वविद्यालयहरू सम्बन्धन बाँड्न मात्रै उद्दत छन् । नर्सिङ काउन्सिल पनि बढीभन्दा बढी नर्स कसरी उत्पादन गर्ने भन्नेतिर लागेको आरोप नर्सहरू लगाउँछन् । अहिलेसम्म काउन्सिलले पनि नर्सिङ केयरको गुणस्तरका लागि अनुगमन र मुल्यांकन गर्न सकेको छैन ।
नर्सिङ काउन्सिलकी अध्यक्ष वैद्यका अनुसार अनुगमनको समयमा धेरै मेडिकल कलेजमा पूर्वाधार पुगेको देखिएपनि बिरामी आउँदैनन् । नर्सिङ सेवा बिरामीबाटै सिक्ने पेशा हो । यस्तो अवस्थामा अस्पताल खुल्नेबित्तिकै नर्सिङ कलेज दिने परिपाटीले पनि गुणस्तर खस्काएको नर्सिङ एशोसियसनकी देवान बताउँछिन् । उनी भन्छिन्,  ‘कम्तिमा पाँच वर्ष अस्पतालको अवस्था नहेरीकन कलेज खोल्न दिनैहुन्न, अहिले त अस्पताल छ भनेपछि नर्सिङ पढाउँन दिइन्छ,  नानीहरूले सिक्न नपाएकै कारण पनि आत्मविश्वास नभएर समस्या थपिएको छ ।’ ।
अबको अवस्थामा विद्यार्थी पढाउँदा नै जागिरको ग्यारेन्टी कलेजहरूले गर्नुपर्ने देवानको भनाई छ । ‘कम्तिमा उत्पादन गर्ने कलेजका अस्पतालमा मात्रै पनि अनुपातमा नर्स भए धेरै राम्रो हुन्थ्यो’, महतले भनिन्, ‘पढेका सबै नर्सले अस्पतालमा जागिर नपाउन्जेल नयाँ कलेजलाई संबन्धन पनि दिनुहुन्न ।’

शोषणमा नर्स