तपाइँले प्रेमी प्रेमिकाहरु खोज्न सहयोग
गर्ने विभिन्न खाले डेटिङ एप्सहरुको बारेमा त सुन्नुभएकै होला । तर अब
एउटा यस्तो एप पनि आउँदै छ जसले तपाइँलाई दिक्क बनाइरहेको तथा छुटकारा पाउन
चाहेको प्रेमसम्बन्धबाट मुक्त गराइदिनेछ । सम्बन्ध विच्छेदका लागि
हप्तादिन वा महिनादिन लाग्ने पनि होइन, केबल ३७ सेकेण्डमा तपाइँले छुटकारा
पाउन सक्नुहुन्छ ।बाइन्डर Binder नामको उक्त एप बनाउनेहरुको दाबी अनुसार
यसले युवकहरुलाई ३७ सेकेण्डमै गर्लप|mेण्डसँग ब्रेकअप गराइदिन्छ । यो एप अब
छिटै प्ले स्टोरमा उपलब्ध हुने बताइएको छ ।
यो मोबाइल एप आएपछि अब प्रेम सम्बन्ध टुंगाउन चाहनेहरुले आफ्नो प्रेमिकाको
अगाडि गएर बोल्नुपनि आवश्यक हुनेछैन । यो एपले ती सबै मसला तयार पारिदिनेछ
जोे गर्लफ्रेण्डसँगको ब्रेकअपका लागि पर्याप्त हुनेछन् ।यो एपले सबैभन्दा
पहिले गर्लफ्रेण्डको बारेमा केही जानकारी माग्नेछ, जस्तै नाम, उनको फोटो,
फोन नम्बर आदि । त्यसको ३७ सेकेण्डमै यो एपले आफै एक खतरनाक अडियो फाइल
तयार गर्दछ । त्यसपछि उक्त अडियोलाई भ्वाइसमेल तथा टेक्स्ट म्यासेजमा बदलेर
त्यसलाई गर्लफ्रेण्डको मोबाइलमा पठाइदिनेछ । बस, त्यहीँ एउटा अपि्रय
म्यासेज तपाइँको गर्लफ्रेण्डका लागि पर्याप्त हुनेछ र उनी तपाइँसँगको
प्रेमसम्बन्धलाई अन्त्य गर्न बाध्य हुनेछिन् ।
रोचक कुरा त के भने यो Binder एप काम तथा नाम दुबै दृष्टिले डेटिङ एप
Tinder को उल्टो रहेको छ । टिन्डर एउटा लोकेसन बेस्ड एप हो जसको माध्यमबाट
प्रयोगकर्ताहरुले नयाँ नयाँ साथी तथा सम्बन्धहरु बनाउँछन् । तर बाइन्डर भने
हुँदाखाँदाको सम्बन्धलाई तोड्नमा सहयोगी बन्दछ ।यो बाइन्डर एपको सबैभन्दा
ठूलो कमजोरी भनेको के भने यो केवल केटाहरुको लागि लक्षित छ । अर्थात् यसलाई
केवल केटाहरुले मात्र प्रयोग गर्न सक्छन्, केटीहरुले होइन । यसले
केटाहरुलाई गर्लप|mेण्डबाट मुक्ति दिलाउन मद्दत गर्दछ ।तर महिलाहरुका लागि
पनि चिन्ता मान्नुपर्ने विषय छैन । किनकी अब छिटै केटीहरुका लागि लक्षित
गर्दै बिन्डिम नामक एप आउँदैछ । यो एपले केटीहरुलाई उनीहरुको
ब्वायफ्रेण्डबाट मुक्ति दिलाउनेछ ।