ललितपुर उपमहानगरपालिका–१४ विशालचोक फ्रिज पड्किएर मंगलबार ३ जना प्रशिक्षार्थीहरु घाइते भएका छन्।
स्किल नेपाल ट्रेनिङ सेन्टरका प्रशिक्षार्थीहरु बिग्रिएको फ्रिज बनाउने क्रममा घाइते भएका हुन्।
घाइते हुनेहरुमा ललितपुर उपमहानगरपालिका–१७ ग्वार्को बस्ने २२ वर्षीय राम महर्जन, काठमाडौं कीर्तिपुर नगरपालिका–११ पाँगा बस्ने ४२ वर्षीय हर्षमान महर्जन र ललितपुर उपमहानगरपालिका–३ पुल्चोक बस्ने ३४ वर्षीय रमेश महर्जन रहेको प्रहरीले जनाएको छ।
उनीहरुमध्ये राम महर्जनको अवस्था गम्भीर रहेको छ। घाइते तीनै जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ।