नेपालगञ्जस्थित राँझा विमानस्थलमा आइतबार अपरान्ह आगलागी भएको छ । अपरान्ह करिब ५ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।विमानस्थलको धावनमार्ग नजिकैको घाँसे मैदानमा लागेको आगो फैलिएपछि विमानस्थल बन्द गरिएको छ । आगो फेलिएपछि राँझाबाट काठमाडौं र काठमाडौंबाट नेपालगञ्जका सबै हवाई उडान रोकिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता नायव महानिरीक्षक कमल सिंह बमले राँझा विमानस्थलमा आगलागी भएको पुष्टि गर्दै नियन्त्रणमा लिने प्रयास जारी रहेको बताए ।
'करिब एक घन्टाबाट लागेको आगो निभाउने प्रयास भइरहेको छ', प्रवक्ता बमले भने, 'आगोका कारण विमानस्थल बन्द गरिएको छ ।