महाराष्ट्र । भारतको महाराष्ट्रकी एक मराठी नायिकालाई पारिश्रमिक लिन बोलाएर फिल्म निर्माता सहित चार जनाले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।नायिकाले घटनाको मुद्दा प्रहरीमा दर्ता गराएपछि प्रहरीले निर्मातालाई पक्राउ गरेको छ भने अन्य आरोपीहरुको खोजी कार्य जारी रहेको छ ।महाराष्ट्रको क्राइम ब्रान्चका अनुसार २१ जुनमा मुम्बईमा बस्दै आएकी नायिका शुटिङका लागि जालाना जिल्लाको अंबड गएकी थिइन् ।फिल्म निर्माता गोविन्द चितलांगेको फिल्मको शुटिङ सकिएपछि नायिकाले उनीसँग पारिश्रमिक मागेकी थिइन् ।

गोविन्दले उक्त पैसा लिनका लागि औरगावाद बोलाएपनि नायिका त्यहाँ गएकी थिइन् । उनलाई लिन आएका निर्माताले उनलाई मोटरसाइकलमा हालेर एउटा घरमा लिएर गए ।त्यहाँ १५–२० मिनेट बस्न भनेर बाहिरिएका उनी एउटा जीप लिएर फर्किए । जीपमा आएका दुई जनाले नायिकालाई पैसा दिएपछि घुमाउने कुरा गरे । बाटोमा थप एक व्यक्ति जीपमा आए ।त्यसपछि सुनसान स्थानमा लगेर उनलाई बन्दुक र तरवार देखाएर बलात्कार गरी औरंगावाद रेलवे स्टेशन नजिकै उतारेर फरार भएका थिए ।नायिकाले आफ्ना एक साथीको सहयोगमा प्रहरी स्टेशनमा गएर उजुरी गरेकी थिइन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

पारिश्रमिक लिन बोलाएर नायिकामाथि सामूहिक बलात्कार !