लोप भइसकेको अनुमान गरिएको जंगली चौंरीगाई हुम्लामा भेटिएको छ। २०७१ जेठ ३१ मा 'प्रकृतिका साथीहरू' संस्थाका अनुसन्धानकर्ताले हुम्लाको लिमी खर्कमा खिचेको भिडियो र तस्बिर जंगली चौंरीगाईकै भएको आईयूसीएनका वैज्ञानिक तथा प्राकृतिक विज्ञान संग्रहालयले

पुष्टि गरेको हो ।

नेपालका स्तनधारी बारेको रेड डेटालिस्टमा जंगली चौंरीगाईलाई 'यकिन नभएको, सम्भवतः लोप भइसकेको प्रजाति' भनिएको छ। लिमी क्षेत्रमा भेटिएपछि नेपालमा यो दुर्लभ वन्यजन्तु अझै बढी हुन सक्ने अनुमान गरिएको छ। अनुसन्धान टोलीले यो वन्यजन्ुतबारे थप वैज्ञानिक अध्ययन गर्न सरकारलाई सुझाव दिएको छ। अठारौं शताब्दीसम्म यो प्रजाति काजकिस्तान, मंगोलिया र रुसमा समेत पाइन्थ्यो। भुटानबाट पनि यो लोप भइसकेको अनुमान छ।

वन्यजन्तु सप्ताहको समापन समारोहमा सोमबार अनुसन्धान टोली प्रमुख राजु आचार्यले प्रस्तुति दिएका थिए। खिचिएका तस्बिर र भिडियोको वैज्ञानिक पुष्टि गर्न समय लागेकाले ११ महिनापछि बल्ल सार्वजनिक गरिएको आचार्यले उल्लेख गरे।

वन विभागसँग स्वीकृति लिएर

ब्वाँसो र रातो प्fm्याउरोको अध्ययनका लागि गएका बेला टोलीले चौंरीगाई भेटेको हो।

ब्वाँसो र रातो फ्याउरोमा विद्यावारिधि गर्दै गरेकी स्विटजरल्यान्डकी जेराल्डिनी वेरहानले तस्बिर खिचेकी हुन्। टोलीमा आचार्य र वेरहानसहित यादव घिमिरे, विधान अधिकारी, नरेश कुसी, विनोद कुँवरलगायत थिए। टोलीले ५ हजार मिटर माथिका पठारका फरक ठाउँहरूमा ६ वटा जंगली चौंरीगाईको तस्बिर र भिडियो खिचेको आचार्यले कान्तिपुरलाई बताए।

२०७० सालमा पनि उक्त क्षेत्रमा आचार्य र घिमिरेलगायतको टोलिले जंगली चौंरीगाईका पदचिह्न, गोबर, छाला तथा जीउका विभिन्न भागको अवशेष भेटेका थिए। यसलाई नेपालसहित भारत र चीनमा संरक्षित स्तनधारीमा सूचीकृत गरिएको छ। सन् १९९५ मा विश्वभर १५ हजारभन्दा कम रहेको अनुमान गरिएको यो वन्यजन्तु हालका दिनहरूमा झन् घटेको आचार्य बताउँछन्। ४ देखि ६ हजार १ सय मिटरसम्मको उचाइमा बस्ने यो प्रजाति समूहमा बस्न रुचाउँछन्। ५ सयदेखि ५ सय ५० किलोग्रामसम्म तौल हुने यो याकभन्दा आकार र तौलमा बढी हुन्छ। जंगली चौंरीगाईको जुरो निकै माथिसम्म उठेको हुन्छ भने थुतुनो वरिपरि हल्का सेतो तथा खैरो रङ हुन्छ। यिनीहरूको सिङ अगाडितिर फर्किएको हुन्छ। यो वन्यजन्तुले असारदेखि भदौसम्म सहवास गर्छन् र करिब २ सय ५८ देखि २ सय ७० दिनमा बच्चा जन्माउँछन्। अनुसन्धानकर्ताहरूले लिमी उपत्यका वन्यजन्तुको स्वर्ग नै भएको बताए।  यस क्षेत्रमा विश्वमै दुर्लभ मानिने हिउँ चितुवा, कस्तुरी मृग, रातो भालु, रातो फ्याउरो, घोवा, नायन, ब्वाँसो र जंगली गधा पाइन्छन्।

हुम्लामा भेटियाे दुर्लभ जंगली चौंरी