कति फोहर छ तपाईको फोनमा ?
फोनलाई तपाई कसरी पकड्नुहुन्छ । दैनिक कतिपटक हातले समाउनुहुन्छ । तर कहिल्यै सफा गर्नुहुन्न । याद, छ त्यसरी फोनको प्रयोग गर्दा कत्तिको भाइरस फोनको वरपर फैलिएको हुन्छ ।
ढाड दुख्ने समस्या
हरेक पटक आफ्नो टाउको झुकाएर फोनमा म्यारेजस गरने व्यक्तिलाई ढाड दुख्ने समस्या हुनसक्छ । तपाईको गर्दनमा त्यसरी टाउको झुकाउदा जति स्टे«स पर्छ त्यो ३० किलो वजन बराबर हुन्छ । लण्डनमा गरिएको एक सर्वेक्षण अनुसार ८४ प्रतिशत युवाको ढाड दुख्ने समस्याको कारण गलत ठाउँमा बसेर स्मार्टफोनको प्रयोग गर्नु हो ।
आँखा र टाउको दुखाई
छोटो फन्टका कारण स्क्रिनमा टेक्सट पढ्दा आँखामा स्टे«स पर्नसक्छ । यदी तपाईको आँखाले धमिलो देख्ने वा दुखाई महसुस हुन्छ भने सोच्नुहोस् यो सबै स्मार्टफोनका कारण हो । यसबाट ब्लर भिजन र गर्दनको नशामा पर्ने दबाबका कारण टाउको दुख्ने समस्या सुरु हुन्छ ।
निद्रा पर्दैन
यदी तपाई पुरै रात टेक्स्ट म्यासेज पढ्नु हुन्छ र अरुलाई पनि पठाउनुहुन्छ भने निकै समस्या हुन्छ। फोनको स्क्रिनबाट निक्लने ब्लू लाईटले तपाईको शरिरमा बन्ने स्लीप हार्मोन्स मेलाटोनिनको तर कम गर्छ । यदी तपाईलाई रातभर निद्रा पर्दैन भने त्यसको जिम्मेवार स्मार्टफोन नै हो ।
तनाव बढाउँछ
यदी तपाईलाई तपाईको स्मार्टफोनले तपाईको जीवन अझै रमाइलो बनाएको छ भन्ने लाग्छ भने एकपटक सोच्नुहोस् । तपाईको फोन तपाईकै साथमा छ जसका कारण मानिसहरु कुनै पनि समय तपाईलाई सम्पर्क गर्नसक्छन् । हरेक पटक यही चिन्ता हुन्छ कि कही कसैले मलाई मिस कल त दिएको छैन् । कुनै जरुरी म्यासेज त आएको छैन् । यसका साथै महगोँ स्मार्टफोन बोक्नेलाई फोन हराउने चिन्ता समेत हुन्छ । यो सबैका कारण मानिसको तनाव बढ्छ ।
सडक दुर्घटना हुनसक्छ
जथाभावी फोनको प्रयोगले सडक दुर्घटना निम्त्याउन सक्छ । तपाईले गाडी गुडाउँदा पनि ध्यान फोनमै केन्द्रित गर्नाले यस्तो समस्या निम्तन सक्छ ।
पेटभित्रको बच्चालाई नोक्सान हुनसक्छ
गर्भवती महिलाले धेरै फोन प्रयोग गर्नाले पेटभित्रको बच्चालाई असर गर्नसक्छ । बच्चाको दिमागको विकास हुने क्रममा यसले असर गर्छ । मोबाइल फोनबाट निस्कने रेडिएशनका कारण यस्तो समस्या आउन सक्ने डाक्टरहरुको भनाई छ ।
सुन्ने क्षमतामा कमी
घण्टौँ मोबाइलमा गफिनेहरुको सुन्ने क्षमतामा कमी आउन सक्छ । त्यस्तो व्यक्ति जो दैनिक २ देखी ३ घण्टाभन्दा बढी फोनमा कुरा गर्छ उसको सुन्ने क्षमतामा ३ देखी ४ वर्षभित्र कमी आउनसक्ने अनुसन्धानले जनाएको छ ।