कताका चल्तीमा रहेका केही हिरोइन बिहेपछि
घरजममै केन्द्रित भएका छन् । कतिपय भने फिल्म अभिनयलाई निरन्तरता दिन
खोजिरहेका भए पनि उचित अवसर भने पाएका छैनन् । यहाँ मात्र होइन, बलिउडतिर
पनि हिरोइनको करिअर बिहे गरेपछि ओरालो लाग्छ (सिद्धिन्छ) भन्नेहरू कम छैनन्
। अधिकांशको त्यसो देखिएकाले पनि यसो भनिएको हो ।
बलिउडमा ट्वीङ्कल खन्ना, काजोल, माधुरी दीक्षित, करिश्मा कपुर, सिल्पा सेठ्ठी, ऐश्वर्या रायलगायतका हिरोइनको करिअर बिहेपछिका दिनमा पहिलाको जस्तो चमकदार देखिएको छैन । रानी मुखर्जी, आयशा टकिया, लारा दत्तलगायतका कतिपय हिरोइनले भने करिअर ओरालो लाग्दै गएपछि बिहेको बाटो रोजे । तर, केही भने बिहेपछि पनि फिल्ममा सक्रिय देखिन्छन् ।
नेपाली हिरोइनको बिहेअघि र पछिको करिअरको चमक पनि बलिउडका हिरोइनको जस्तै छ । कतिपयले फिल्म हात पर्न छाडेपछि घरजम गरेका छन् भने कतिले बिहेपछि यो क्षेत्रलाई टाटा बाइबाइ नै भनेका छन् । अनि कतिले भने निरन्तरता दिने प्रयास गरिरहेका छन् ।
बिहेपछि पनि करिअरलाई उचाइमा पुर्याएका केही हिरोइन छन् हामीकहाँ । ती हुन्– करिश्मा मानन्धर, झरना थापा र रेखा थापा । करिश्माको फिल्मी करिअरले बिहेपछि नै तीव्रता पाएको हो । कस्तुरी फिल्मको सुटिङका क्रममा सो फिल्मका निर्माता रहेका विनोद मानन्धरसँग चलेको अफेयरलाई उनले बिहेमा परिणत गरिन् । त्यसपछिका दिनमा उनले थुप्रै सफल फिल्म दिइन् । करिश्मा अहिले पनि उत्तिकै सक्रिय रूपमा अभिनयका साथै फिल्म निर्माणमा लागिरहेकी छिन् ।
धर्मसंकट फिल्मबाट सहायक हिरोइनका रूपमा उदाएकी झरना थापाले त्यसपछि आफूलाई पूर्ण हिरोइन बनाइन् । उनले गोर्खाली, ए मेरो हजुर, सुखदु:ख, तक्दिरलगायतका एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । निर्माता सुनीलकुमार थापाकी पत्नी झरना अहिले पनि अभिनय र निर्माणमा सक्रिय छिन्. । बिहेपछि नै करिअर सुरु गरेकाले उनी अहिले पनि उत्तिकै चर्चित, सफल र व्यस्त छिन् ।
हिरो फिल्ममा सहनायिकाका रूपमा प्रवेश गरेकी रेखा थापाले सुटिङ सकिँदानसकिँदै सो फिल्मका निर्माता छविराज ओझासँग बिहे गरिन् । बिहेले उनको करिअर अघि बढाउन निकै मद्दत गर्यो । थुप्रै फिल्ममा अभिनय गरी नम्बर एक हिरोइनको दर्जामा उक्लिएकी उनले बाह्र वर्ष लामो वैवाहिक जीवनलाई तीन वर्षअघि पूर्णविराम दिइन् । छविराजसँग छुट्टिएपछि पनि उनले अभिनय र निर्माणलाई निरन्तरता दिइरहेकी छिन् ।
दुई वर्षअघि बिहे गरिन् रेजिना उप्रेतीले । बिहेअघि पनि उनको करिअर खासै चमकदार भने थिएन । आफूले निर्माण गरेको बरदान फिल्मको पार्टनरसिप विवाद र आर्थिक घाटाका कारण उनी तनावमै थिइन् । त्यसैबखत बिहे गरिन् । बिहेपछि पनि फिल्ममा व्यस्त हुने चाहना भए पनि अवसर भने उनले पाएकी छैनन् । रेजिना अचेल गृहस्थ जीवन व्यतीत गरिरहेकी छिन् ।
बिहेपछि फिल्म अभिनयलाई चटक्कै छाडेकी हिरोइन हुन्, विपना थापा । वरमाला फिल्म सुटिङका क्रममा सो फिल्मका सहनिर्माता भारतीय नागरिक आशुतोष भारद्वाजसँग झांगिएको प्रेमलाई बिहेमा परिणत गरेर उनी पतिको घर (भारत, मथुरा) लागिन् । घरजम र पतिको बिजनेस सम्हालिरहेकी उनी भूकम्पपीडितका लागि राहत लिएर गत महिना काठमाडौं आएकी थिइन् । उनी फिल्म अभिनयमा फर्कने सम्भावना भने न्यून नै छ ।
निखिल उप्रेतीसँग बिहे गरेपछि केही समय अभिनयबाट ओझेल परे पनि सञ्चिता लुइँटेल पछिल्लो समय सक्रिय भएकी छिन् । उनी अभिनीत नाइँ नभन्नु ल–३ हिट भयो भने आरोप र शिवा प्रदर्शन भएका छैनन् । उनी घर सम्हाल्दै अभिनयलाई निरन्तरता दिने पक्षमा छिन् ।
गत फागुनमा बिहेबन्धनमा बाँधिएकी सुमीना घिमिरेले फिल्म अभिनयबाट सन्न्यास नै लिएकी छिन् । फिल्मकर्मीको सम्पर्कबाहिर रहेर सुटुक्क बिहे गरेकी सुमीनाझैँ मजबुर, प्लानलगायतका केही फिल्मकी हिरोइन अनुष्का ढकालले तीन वर्षअघि नै फिल्म अभिनयलाई बाइबाइ गरेकी हुन् । उनी पनि पुन: अभिनयमा फर्कने सम्भावना न्यून छ ।
मलेसियन नागरिक राहुलसँग बिहे गरेकी झरना बज्राचार्य भने पुन: अभिनयमा फर्कने सम्भावना छ । किनभने, उनका पति फिल्मनिर्माता पनि हुन् । सेफ ल्यान्डिङ नामक नेपाली फिल्मका सहनिर्माता राहुलले पुन: फिल्म निर्माण गर्न सक्छन् । त्यसो गरे भने पत्नीलाई हिरोइन नलिएर कसलाई लिनु ? त्यसकारण झरनाको ‘कमब्याक’ हुने सम्भावना देखिन्छ ।
गत वर्ष अस्ट्रेलियानिवासी गजेन्द्र थापासँग बिहे गरेकी ऋचासिंह ठकुरी भने फिल्म निर्माणमा लागेकी छिन् । उनले पति गजेन्द्रको निर्देशनमा सुपर गोर्खे नामक फिल्म निर्माण गरिरहेकी छिन् । सो फिल्मको केही प्रतिशत सुटिङ बाँकी छ । नाइँ नभन्नु ल, मनमनै मन पराएँ, मन पराएँ माया लाएँ, खुड्किलोलगायतका फिल्मकी हिरोइन ऋचा फिल्मी करिअरलाई निरन्तरता दिन चाहन्छिन् ।
गत महिना बिहे गरिन्, हर्षिका श्रेष्ठले । भारत, कलकत्तानिवासी युवा प्रसून झुनझुनवालासँग बिहे गरेकी हर्षिका फिल्म अभिनयलाई निरन्तरता दिने पक्षमा छिन् । ‘बिहे गरेर के भो ? म फिल्म गर्छु,’ आफू अभिनीत केही फिल्म रिलिज हुन बाँकी रहेको र लुटेरा फिल्मको सुटिङ नसकिएकाले चाँजोपाँजो मिलाएर माइती देश आउने योजना उनको छ । हाल कलकत्तामा रहेकी हर्षिका आफ्ना पतिलाई पनि फिल्ममा रुचि भएकाले भविष्यमा निर्माता बन्न सक्ने संकेत गर्छिन् ।
गायक, मोडल तथा अभिनेता अमेश भण्डारीसँगको प्रेमलाई कोर्टम्यारिजमा बदलेकी नीता ढुंगानाले अभिनयलाई निरन्तरता दिइरहेकी छिन् । अमेशसँग तँ, म र ऊ र फूलैफूलको मौसम तिमीलाई फिल्ममा जोडी भई अभिनय गरेकी उनी आफूहरू फिल्ममै करिअर बनाउन लागिपरेको बताउँछिन् ।
एकताकाका चल्तीका हिरोइन अरुणीमा लम्साल र ऋचा घिमिरे बिहेपछि फिल्ममा कम, घरव्यवहारमा बढी लागे । बिहेपछि उनीहरूले अभिनय गरेका फिल्म सफल भएनन् । हाल उनीहरू पतिका साथ अमेरिकामा छन् । घुम्न भनेर अमेरिका गएकी जल शाहले उतै बिहे गरिन् । त्यसैगरी, पूजा चन्द, सारंगा श्रेष्ठ, युना उप्रेतीहरूले पनि उतै झ्याइँ पारे । घरव्यवहारमा अल्झिएको भए पनि फिल्मप्रतिको मोह भने उनीहरूमा यद्यपि कायम छ ।
लक्ष्मण /नयाँ पत्रिकाबाट