नेपाली मोडलिङ क्षेत्रमा सम्भावना अनि नाम देखेर यस क्षेत्रमा भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै, भीडमा आफ्नो करियर खोज्दै भित्रिएकी छिन् अनु लुइँटेल । सुनसरी तरहरामा जन्मिएर हाल रोजगारिका लागि युएइमा बसोबास गर्दै आएकी अनु यस क्षेत्रमा रहरले प्रवेश गरेकी बताउँछिन् । मोडलिङ क्षेत्रमा धेरैको धेरैथरी कुरा सुनिसकेकी बताउने अनुले भविश्यसम्म यस क्षेत्रलाई अगाडि लैजाने सांचाईंमा छिन्। 

हल्ला धेरै हुन्छ तर, मेहनतपछि हल्लालाई चिर्न सकिएला जस्तो लाग्ने गरेको अनु बताउँछिन् । बालबालिका सम्बन्धी नाटकमा अभिनय गर्दा–गर्दै मोडलिङमा भविश्य बनाउने सपना देख्न थालेको अनुको भनाई छ । बाल्यकालमा गाउँका दाजुभाईले दिपावलीको नाचगानमा रमाउँदा–रमाउँदै अभिनयको सोख चढेको बताउने अनुले युएईमा बाबुराम मुस्कान सुवेदीको लोकगित प्रकाश दिने घामलाई बादलुले छेक्ने एउटा म्युजिक भिडियोमा काम गरिसकेकी छिन ।

स्कूलमा अध्ययान गर्दा–गर्दै चर्चित नृत्य निर्देशक प्रवेश बान्तवा राईसँग नृत्यको कोष गरिसकेकी अनुले नेपाली चलचित्र चण्डाल, जीन्दगानी लगायत आधा अर्जनभन्दा बढि चलचित्रमा नृत्यगना भएर पर्दामा आफुलाई देखाइसकेकी छिन् । पुर्बी नेपालको सांगीतिकबजारमाहुने सांगीतिककार्यकमहरुमाचुलबुले अनुले बिभिन्न स्टेजमाआफ्नु प्रतिभा देखाई सकेकी छिन । उनले भनिन्, ‘अहिलेसम्म एउटा म्युजिक भिडियो गरेँ, केही म्युजिक भिडियोमा कुरा हुँदैछ । 

माया, प्रेम र सेक्स सबै कुरा विश्वास हो भन्ने अनु खुलेरै बोल्छिन् । यस्तो कुरा खोलेरै भन्न मलाई कुनै संकोच लाग्दैन, अहिले समाजले आवश्यकता मानिसकेको छ । ‘सेक्स नर्मल चिज हो यदि विश्वासिलो मान्छे छ भने’ उनले भनिन्, ‘तर कोसँग कसरी हुन्छ त्यसको प्रभाव भविश्यमा कस्तो रहन्छ ख्याल त हुनैर्पछ ।’ युएई बसेर सुखदुख भोगेकी अनु आफ्नै भोगाई पीडाको संगीत तयारी गर्न लागेको बताउँछिन । उनीले अन्तिममा नेपाली महिलाका दुख पीडा समेटेर संगीत बनाउने योजना रहेको समेत बताइन् ।

सेक्स नर्मल चिज हो, मलाई यसबारे खुलेर भन्न कुनै संकोच लाग्दैनः अनु लुइँटेल