ललितपुुर, २९ असार– मलेसियासहित ६ खाडी मुलुकमा नेपाली कामदारका लागि फ्रि भिसा र टिकट उपलब्ध गराउने सरकारी निर्णयको विराधमा परेको रिट अदालतले खारेज गरेको छ ।
पुनरावेदन अदालत पाटनले सरकारी निर्णयको पक्षमा फैसला सुनाएको हो ।
न्यायाधीशद्वय मोहनबहादुर कार्की र बाबुराम रेग्मीको संयुक्त इजलासले नेपाली कामदारलाई फ्रि भिसा र टिकट उपलब्ध गराउनुपर्ने सरकारी लविङको विपक्षमा अन्तरिम आदेश दिनुनपर्ने फैसला सुनाएको हो ।पुनरावेदन अदालत पाटनले सरकारी निर्णयको पक्षमा फैसला सुनाएको हो ।
फ्रि भिसा र टिकटको निर्णय खारेजीको माग गर्दै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले पुनरावेदनमा रिट हालेका थिए ।
फैसलामा निवेदकले जिकिर गरेअनुसार कामदारलाई फ्रि भिसा र टिकट उपलब्ध गराउने सरकारी निर्णय गैरकानुनी नरहेको ठहर गरिएको छ ।