काभ्रे, २७ असार– दिदीलाई फकाएर बलात्कार गर्न खोज्दा नमानेपछि ७० वर्षीय एक वृद्धले ९ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।

बलात्कारपछि स्थानीयले मिलापत्र गरे पनि बालिकाको मानसिक सन्तुलन गुमेपछि मात्रै बलात्कार भएको रहस्य खुलेको हो ।
सिन्धुली जिल्ला मझुवा गाविस ५ का ९ वर्षीय बालिकालाई सोही स्थानमा ७० वर्षे वृद्ध सोमबहादुर राईले असार १ गते दिउँसो जंगलमा लगेर बलात्कार गरेका थिए ।
बालिकाकी १३ वर्षीया जेठी दिदीलाई सोमबहादुरले केही दिन अघिदेखि नै १ सय रुपैयाँ दिन्छु आफूसँग सुत्न आऊ भन्दै फर्काउँदै नमानेपछि साइली बहिनीलाई दिउँसो पानी लिन गएको समय पारी पानी ट्यांकीको माथि जंगलमा स्याउला काटेर ओछ्याएर बलात्कार गरेका थिए ।
बलात्कार गर्नुअघि बृद्ध राईले महिनौंअघि देखि उक्त परिवारका तीनै दिदीबहिनीलाई दुव्र्यवहार गर्दै शरीरका संवेदनशील अंगहरुमा खेलाउँदै आएका थिए ।
‘दलितहरु पैसामा फकिन्छन् भन्ठानेर वृद्धले पटकपटक दलित बालिकाहरुलाई बलात्कारको प्रयास गरेको देखियो’, स्थानीय केशव लुँवार विकले भने, ‘गाउँमै मिलापत्र गरेको लामो समयपछि पनि बालिका बिरामी भएपछि मात्रै वृद्धले बलात्कार गरेको रहस्य खुलेको हो ।’
असार १ गते दिउँसो भएको घटनालाई सबै स्थानीयहरुले डर धम्कीका भरमा ढाकछोप गरेका थिए ।
बलात्कारको घटना मिलापत्र भएको सात दिन नपुग्दै बालिकाले मानसिक सन्तुलन गुमाइन् ।
नेपाल समाचारपत्रबाट

दिदीले नमानेपछि ७० वर्षीय वृद्धले गरे ९ वर्षीया बालिका बलात्कार