एजेन्सी । पुरुषहरुले पैसा कमाउने अनौठो तरिका सुरु गरेका छन् चीनमा । खबरहरुमा जनाइएअनुसार चीनका युवाहरु पैसा कमाउन वीर्य बिक्रीको होडबाजीमा लागेका छन् ।
जनसंख्या वृद्धिमा चीनमा कडा कानुन लागु गरिएको छ । तर, यस्तो बीचमा पनि चीनमा वीर्य बिक्री प्रकरण आएको हो । अनलाइनबाटै ती पुरुषहरुले आफ्नो वीर्य बिक्रीमा राखेका हुन् ।
ताओवाओ साइटले वीर्य टेस्टको सुविधासमेत दिएको छ । यो साइटले वीर्यदातालाई डोनेसनस्वरुप ५०० देखि ७०० डलरसम्म दिने गरेको जनाइएको छ ।
यो अफर आउनसाथ चीनमा बनेको वीर्य संकलन केन्द्रहरुमा ७२ घन्टाभित्र २२ हजार १७ जनाले वीर्य दान गर्न फारम भरेका थिए ।