pic of couple in foreplayको लागि तस्बिर परिणाम
भनिरहनु नपार्ला–सेक्स दुई देहको मिलनमात्र होइन, दुई मनको मिलन पनि हो । यो यस्तो कला हो जसले जीवनलाई हरिलोभरिलो र रसिलो बनाउँछ । तर, यौनसम्बन्धी सामान्य जानकारीको अभाव र यस सम्बन्धी भ्रमले जीवनलाई निरस र रुग्ण बनाइदिन सक्छन ।  यौन असन्तुष्टिका कारण सम्बन्धहरु टुटेका छन । यसकै कारण कुण्ठित र हीनभावले आम यौन समस्या र तिनका समाधान समेटेर यो सामाग्री तयार पारेका छन ।

एक शिक्षक दम्पती ‘आफूहरुको जति निरस दाम्पत्य जीवन कसैको नहोला’ भन्ने सोच्न बाध्य छ । एक सन्तानका अभिभावक उनीहरु दुवै जना ३० वर्षका छन । श्रीमान श्रीमती हरेक रात बेडमा पुग्यो कि तनाव सुरु भइहाल्छ । 

सम्बन्ध बिग्रनुको कारणबारे अवगत थिए उनीहरु–यौन असन्तुष्टि । यौन परामर्शका लागि छाला तथा यौन रोग विशेषज्ञ डा. हरिनारायण गुप्ताकहाँ पुगे उनीहरु । डा. गुप्ताले सोधपुछपछि थापा पाइहाले, ‘यौन जीवन कसरी सुखद राख्ने भन्ने ज्ञान थिएन उनीहरुमा ।

दिनभर स्कूलमा थाकेर आएकी श्रीमती घरको कामले सिथिल भएर ओछ्यानमा पुग्थिन । श्रीमान भने सेक्सका लागि आतुर रहन्थे । ‘बाघले बाख्रा झम्टे जसरी कसरी मिल्छ यौनसुख ?’ डा. गुप्ताले भने ‘दुवै जना मानसिक र शारीरिक रुपमा उत्तिकै सक्रिय नभए यौन सुखको कल्पनै गर्न सकिन्न ।’ 

उनका अनुसार सामान्य काउन्सिलिङकै भरमा  यो जोडीको यौन जीवन अहिले सुखद छ । यसको एउटै रहस्य हो –‘फोरप्ले’ । अर्थात सेक्स अघिको क्रीडा । ‘सुरुमा दिमागले चाहनुपर्छ सेक्स । अनि बल्ल अंगप्रत्यंग तयार हुन्छन । त्यसका लागि सेक्सअघि पर्याप्त प्राक्क्रीडा हुनुपर्छ ।’ डा. गुप्ता भन्छन ‘त्यसैले त सेक्सलाई ‘माइन्ड गेम’ भनिएके हो । यसका लागि पार्टनरको इच्छा बुझ्ने कला चाहिन्छ ।’

 उनका अनुसार सेक्समा महिला र पुरुष दुवैको उत्तिकै सक्रियता चाहिनछ । ‘तर हाम्रो समाजमा पुरुषहरु सेक्स गरिरहेका हुँदैनन, श्रीमतीको शरीरमात्र कब्जा गरिरहेका हुन्छन ।’

सुखद यौन जीवनका लागि हरेक जोडीमा ‘सेक्स कला’ आवश्यक ठान्छन यौन परामर्शदाता डा. समन रुपाखेती । काठमाडौँ, पुतलीसडकस्थित माता मनकामना आरोग्य केन्द्रमा एक नवविवाहित जोडी समस्या लिएर आयो । ‘डाक्साब, मज्जै आएन।’ 

यौन परामर्शदाता डा. रुपाखेतीसँग पुरुषले समस्या तेस्र्याए, ‘सेक्स गर्दा उनी एकदम दुख्छ भन्छिन ।’ २५–२६ वर्ष उमेर समुहको यो जोडीको सेक्स गर्ने तरिकामा शंका लागेर डा. रुपाखेतीले सोधे, ‘कसरी गर्नुहुन्छ सेक्स ?’

‘मलाई त पहाडै फारेजस्तो गाह्रो हुन्छ,’ ती पुरुषले जवाफ दिए ‘मेरो अंग ठाउँमा पुग्दै पुग्दैन । कता–कता जान्छ  ?’ डा. रुपाखेतीले कुरा बुझे । ‘यौनीको कुन द्वारमा लिंग प्रवेश गराउने भन्ने ज्ञानै रहेनछ उसलाई त,’ उनले भने ‘जसको परीणाम श्रीमतीले चरम पीडा झेल्नुपर्ने बाध्यता आइलाग्यो । श्रीमतीको मूत्रद्वारमा गहिरो घाउ लागिसकेको थियो । यस्तो आनुधिक युगमा यस्ता पन तन्नेरी हुन्छन ।’ 

मानिसहरु यौनांग घर्षणमात्रै सेक्स हो भन्ने गलत बुझाइ भएको डा. रुपाखेती बताउँछन । भन्छन ‘महिलाको सन्तुष्टि र उनीहरुको पीडा मतलब नगर्ने पुरुषको मनोवृत्ति छ । सेक्स भनेको सम–भोग अर्थात सम्भोग अर्थात बराबर भोग भन्ने बुझ्नका लागि यौनशिक्षा आवश्यक छ ।’ शुक्रबार साप्ताहिकबाट

कला हो सेक्सः अपनाउनुहोस–‘फोरप्ले’