एक चिनियाँ कम्पनीले आफ्ना कर्मचारीहरु गर्भवती हुनुअघि स्वीकृति लिनुपर्ने योजना बनाएको छ ।  उसको योजनासँगै कम्पनीप्रति चिनियाँ सञ्चारमाध्ययमहरु र सामाजिक सञ्जालमा घृणा उब्जाएको छ ।
हेनान प्रान्तको एउटा वित्तीय संस्थाका कामदारहरुलाई बच्चा जन्माउने तालिमबारे समेत निवेदन दिनुपर्ने प्रस्तावित योजना ल्याएको छ ।  एक वर्षभन्दा बढी समय काम गरेका युवतीलेमात्र यस्तो निवेदन दिन सक्नेछन् । कम्पनीको स्वीकृतिविना गर्भवती भएका उनीहरुलाई सजाय दिन सकिने पनि चेतावनी दिएको छ ।
सो योजनालाई लिएर सामाजिक नेटवर्क र सरकारी सञ्चारमाध्यममा तिरस्कार गरिएको छ । सो कम्पनीले आफ्ना कामदारलाई मानवभन्दा पनि उत्पादनको औजारको रुपमा व्यवहार गर्न थालेको चाइना डेलीमा एक प्रयोगकर्ताले टिप्पणी गरेका छन् ।

यो कस्तो कम्पनी ? जहाँ गर्भवती हुन पनि स्वीकृति लिनुपर्छ !