pic of ncellको लागि तस्बिर परिणाम
एनसेलले हालै आफ्ना ग्राहकहरुको चाहनालाई मद्ध्य नजर गर्दै विभिन्न साईजका नयाँ डेटा प्लान सार्वजनिक गरेर डेटा शुल्क घटाएको छ । नयाँ प्लानमा ग्राहकले आफ्नो आवश्यकता बमोजिम ६ एमबी, १८ एमबी वा ४० एमबीको दैनिक प्लान लिन सक्छन्। ६ एमबीको प्याक लिँदा प्रतिएमबी १ रुपैयाँ पर्न आउँछ भने १८ एमबीको प्याकलिँदा ६७ पैसा प्रतिएमबी र ४० एमबीको प्याकलिँदा ५० पैसा प्रतिएमबी पर्न आउँने एनसेलले जनायको छ। दैनिकप्याक २४ घण्टासम्म मान्य रहन्छ।
नयाँ प्लानमा अब ग्राहकले ७ दिनसम्म मान्य रहने ५० एमबी, १२५ एमबीवा २५० एमबीका साप्ताहिक प्याक पनि लिन सक्छन्। ५० एमबीको प्याक लिँदा प्रतिएमबी ७० पैसा पर्न आउँछ भने १२५ एमबीको प्याक लिँदा ४८ पैसा प्रतिएमबी र २५० एमबीको प्याक लिँदा ४४ पैसा प्रति एमबी पर्न आउँछ।
साथै एकै पटक ३० दिनसम्म डेटा सुनिश्चित गर्न चाहने ग्राहकले अब १ हजार एमबी, २ हजार एमबी र ३ हजार एमबीका मासिक प्याक लिन सक्छन्। यसरी १ हजार एमबीको मासिक प्याक लिँदा प्रति एमबी डेटाको मूल्य ५५ पैसा पर्न आउँछ भने २ हजार एमबीको प्याक लिँदा ४३ पैसा प्रतिएमबी र ३ हजार एमबीको प्याक लिँदा ३८ पैसा प्रतिएमबी पर्न आउँछ। मूल्य कर बाहेक भएको कम्पनीले जनाएको छ। नागरिक न्युजले यो खबर लेखेको हो ।

डेटा शुल्क घटायो एनसेलले