तपाइँलाई अण्डा मन पर्छ कि पर्दैन ? पर्छ भने राम्रो खवर छ । तर यदि पर्दैन भने पनि आजै देखि खान शुरु गर्नुस् ।हालै गरिएको एक अध्यनले दिनको एउटा अण्डा खाने ब्यक्तिमा मधुमेह रोगको खतरा ४० प्रतिशतले कमी हुने देखाएको छ । टाइप टूको मधुमेहलाई अण्डाले रोक्न सक्ने अध्यनकर्ताहरुको दावी छ ।अमेरिकी जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित शोधका अनुसार हप्तामा कम्तिमा ४ वटा अण्डा खाने ब्यक्तिलाई टाइप टू मधुमेहको खतरा ४० प्रतिशतले कम हुन्छ ।यूनिभर्सिटी अफ इस्टर्न फिनल्याण्डमा १९ वर्ष लगाएर गरिएको अध्यनबाट शोधकर्ताहरुले यो निष्कर्ष निकालेका हुन् ।अध्यनकर्ताहरुले ४२ देखि ६० वर्षका ब्यक्तिमा यो अध्यन गरेका थिए । जसमा सहभागी मध्ये ४३२ जना मधुमेहको शिकार भएका ब्यक्ति थिए ।शोधकर्ताहरुले रगतमा ग्लूकोजको स्तर नियन्त्रणमा अण्डामा हुने तत्वले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । अण्डाले ब्याड कोलेष्ट्रोल नियन्त्रण गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने बताइन्छ ।

यसकारण खानुस् दिनको एउटा अण्डा