६ साउन, काठमाडौं ।  ललितपुर प्रहरीले तनहुँको दमौली गाविस–९ का ४२ वर्षीय डम्बरबहादुर अधिकारीलाई १८ वर्षीय युवती बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।वैदेशिक रोजगारीबाट फर्केकै दिन अधिकारीले असार ३१ गते लमजुङ घर भई ललितपुर उपमहानगरपालिका–१३ कुसुन्ती बस्दै आएकी १८ वर्षीय एक युवतीलाई होटलमा लगेका थिए ।तिम्रो घर पुर्याइदिन्छु भन्ने आश्वासन दिएर गत ट्याक्सीमा राखी झुक्याई ‘आज रात पर्यो, भोलि जाउँला’भन्दै मानभवनस्थित एक होटलमा पुर्याई करणी गरेको युवतीले बयान दिएकी छन् ।युवतीको जाहेरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

विदेशबाट फर्किएकै दिन युवतीको बलात्कार !