अब त्यो दिन टाढा छैन जहाँ तपाइँले समुद्रमा मानिसहरु स्थायी रुपमै बसोबास गरेको देख्नुहुनेछ । अब एउटा यस्तो सहर निर्माण हुन गइरहेको छ जो समुद्रमा निर्माण हुनेछ । यो अनौठो सहरमा विभिन्न कार्यक्षेत्रमा संलग्न मानिसहरु बस्नेछन् ।उक्त सहरका लागि कुनै समय फेसबुकलाई वित्तिय सहयोग गर्ने पिटर थाइलले पूरै लगानी गर्दैछन् । थाइलका अनुसार यो प्रकारको परियोजना मानव जिवनको भविष्य हो। उक्त लगानीले विकशित तथा सुरक्षित जिवनको बाटो खोल्ने दाबी उनले गरेका छन् ।
उक्त सहर ५० फिट लम्बाइ तथा ५० फिट चौडाइको हुनेछ । त्यहाँ ३ तले भवनहरु बनाइनेछ । उक्त सहर निर्माणका लागि झण्डै १६ अर्ब रुपैयाँ खर्च हुनेछ ।समुद्री विशेषज्ञ, इन्जिनियर, लगानीकर्ता, डाक्टर, शोधकर्ता तथा पर्यावरणविदहरु मिलेर उक्त सहरको निर्माण गर्नेछन् ।मानिसको स्थायी बसोबास सँगै अस्थायी टापु निर्माण, अनुसन्धान केन्द्रको निर्माण, आणविक उर्जा केन्द्र तथा सैनिकको उपयोगका लागि पनि उक्त सहरको उपयोग गर्न सकिने बताइएको छ ।