एक युवकले आफूलाई लण्डन निवासी डाक्टर बताएर भारतमा रहेकी महिला डाक्टरको धन र मन दुइटै लुटेका छन् । सामाजिक सञ्जालमा भेटिएकी महिला डाक्टरलाई आफू बेलायतमा डाक्टरी गरिरहेको बताउँदै  च्याटिङ सुरु गरेका थिए ।
ठगिएकी महिला डाक्टरका अनुसार  उक्त युवकका कुराले डाक्टर रहेको उनलाई पूर्ण विश्वास भइसकेको थियो । भारतको हैदराबाद निवासी डाक्टर युवतीले प्रहरीलाई दिएको उजुरी अनुसार अभिषेक नाम बताउने ती युवकसँग लामो समय उनले च्याटिङका सहारामा व्यक्तिगत कुराकानी गरेकी थिइन् ।  त्यसपछि उनीहरु भाइबरमा जोडिएका थिए ।
आफू युएन अन्तर्गत रहेर काम गर्ने बताएका ती युवकले महिला डाक्टरलाई प्रेममा पारेर मन लुटेपछि धन लुट्ने योजना बनाए । युएन अन्तर्गत काम गर्ने डाक्टरलाई महंगा मेडिकल सामग्री खरिदमा भारी छुट मिल्ने बताएका थिए । केही महिनामै ती युवकले विवाहको प्रस्ताव राखे ।
प्रेममा पागल भइसकेकी ती महिला डाक्टरले उनको कुरा पत्याउदै विवाहको योजना बुनिरहिन् । यही बिचमा  ती युवकले चाँडै स–परिवार हात माग्न युवतीको घर आउन लागेको बताए । त्यसपछि एक पत्र पठाउँदै कस्टम फिका लागि २० लाख रुपैयाँ चाहिएको बताए । उनले पठाइदिइन् । अरु वैवाहिक औपचारिकताका लागि थप पैसा मागे । त्यो पनि साथीसँग ऋण काढेर पठाइदिइन् ।
त्यसपछि भने महिला डाक्टरलाई शंका लाग्न थाल्यो । प्रहरीलाई बताइदिइन् । प्रहरी सक्रिए भएपछि उनीसँग धन मन लुट्ने गिरोहका दुई पुरुष र एक महिला पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुले सामाजिक सञ्जालमा १ सय ९६ युवतीसँग सोही प्रकारको कुराकानी गरिरहेको भेटिएको छ ।
नवभारत टाइम्सबाट

नक्कली डाक्टर बनेर युवकले लुटे महिला डाक्टरको धन र मन