
मानिसको लागि पानी शरीरको सबैभन्दा बढि आवश्यक पर्ने तत्व हो । सबै प्रकारका बिरामी हुँदा धेरै पानी सल्लाह–सुझाव चिकित्सकले दिन्छन् । बिहान उठ्ने बित्तिकै पानी पिउनु स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ । तर, खाना खाँदा खाँदै बीचमा भने पानी नपिउनु एकदम राम्रो मानिन्छ । यस्ता धेरै मान्यता छन् पानीको विषयमा । पानी पिउँदा ध्यान दिनुपर्ने ६ कुराको विषयमा चर्चा गरिएको छ ।
1) खाना खाँदै गर्दा पानी नपिउनुस्
-खाना खाइरहेको समयमा पानी पिउने बानी छ भने आजैदेखि छोड्नुस् । यसले खान पचाउने ग्यास्ट्रिक जुसलाई हल्का बनाइदिन्छ र पाचन प्रणालीमा समस्या आउँछ । खाना खाएको कम्तिमा १० मिनेटपछि मात्र पानी पिउनुस् ।
2. अधिकतम पानी पिउनुस्
दैनिक रुपमा प्रर्याप्त पानी पिउनुस् । पानी पिउँदा शरीरका सबै गतिविधि सामान्य रुपले सञ्चालित हुन्छन् । स्वास्थ्य पनि सामान्य रहन्छ ।
3. जवान हुन्छ त्वचा
पानी पिउँदा हाम्रो त्वचा जवान रहन्छ । यसले हाम्रो अनुहारमा समेत चमक ल्याउँछ ।
यद्यपी त्वचाको चमक खानपान र वंशजका आधारमा पनि निर्धारण हुन्छ ।
4. बजन घटाउन पानी
पानीले मोटोपन पनि कम गर्न सघाउँछ । पानी पिउँदा शरीरमा बोसो, क्यालोरी वा कोलेस्ट्रोल केही पनि थपिँदैन । पानीले प्राकृतिक रुपमा भोक मार्ने काम पनि गर्छ ।
5. विकारबाट मुक्ति
विभिन्न प्रकारका विकार जुन खानाको माध्यमबाट हाम्रो शरीरमा जान्छन् । त्यसलाई सफा गर्न पनि प्रर्याप्त पानी पिउनु जरुरी छ । विभिन्न रसायनिक प्रतिक्रियाबाट पैदा हुने रसायन कम गर्न पानी उत्तम उपाय हो ।
6.अन्य काममा पानी
पानी त्यसै पनि पिउन सकिन्छ भने अन्य तरिकाले पनि पिउन सकिन्छ । जस्तै ग्रीन टी, सुप, नारियल पानी या शर्बत । कोक फेन्टा होइन पानी पिउनुस् । पानीले शरीरमा भएको अधिक नूनलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ ।