
मुम्बई । ‘किक’मा सलमान खानसँग काम गरेर चर्चामा आएकी नायिका ज्याकलिन फर्नाडेस पुनः सलमानकै नायिका बन्ने भएकी छिन् । भारतीय समाचार संस्थाले जनाए अनुसार ‘जुगलबन्दी’ मा ज्याकलिन सलमानकी नायिका बन्ने भएकी हुन् ।
पहिला यो भूमिकामा परिणीती चोपडालाई अभिनय गराउने कुरा भएको थियो । नायकका रुपमा पनि सेफअलि खान थिए । तर, पछि सलमानलाई अभिनय गराउने कुरा भएको छ ।
किकको सिक्वेलमा ज्याकलीनलाई सलमानले वेवास्ता गरेको हल्ला चलेसँगै सलमान ज्याकलिनको सम्बन्ध बिग्रेको समेत हल्ला चलेको थियो तर । ज्याकलिनमा बलिउडमा स्थापित गराउन सलमानको ठूलो हात छ । सलमानकै सिफारिसमा ज्याकलिनले केही विज्ञापनमा समेत काम पाएकी थिईन् ।