-स्वास्थ्य खबरपत्रिका
janaki-medical-collegeकाठमाडौं– जनकपुरस्थित जानकी मेडिकल कलेजका सञ्चालक विरुद्ध ठगी मुद्दा चलाउन शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । आइतबार शिक्षा मन्त्रालयमा शिक्षामन्त्री चित्रलेखा यादव मन्त्रीको संयोजकत्वमा बसेको बैठकले ठगी मुद्दा चलाउने निर्णय गरेको हो ।
मन्त्रालयले कलेजमा अध्यनरत ३ सय ७० जना एमबिबिएस विद्यार्थीसँग २५ देखी ४० लाख रुपैयाँ शुल्क असुलेर पढाई नगरी विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको निस्कर्ष निकालेको छ ।
गृहमन्त्रालयलाई पठाइएको चिठीमा सञ्चालकलाई नियन्त्रणमा लिई ठगी मुद्दा चलाउने उल्लेख भएको एक अधिकारीले बताए । यसैगरी मन्त्रालयले विद्यार्थीहरुलाई अन्य कलेजमा स्थान्तरण गर्न चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)लाई निर्देशन दिएको छ ।
जानकीमा दुई वर्षदेखि पठनपाठन पूर्ण रुपमा अबरुद्ध छ । उक्त कलेजमा अध्ययनरत विद्यार्थी केही समयदेखि राजधानीमा आएर आन्दोलन गरिरहेका छन् ।

जानकी मेडिकल कलेज सञ्चालकलाई ‘पक्राउ’ गरी ठगी मुद्दा चलाउन निर्देशन