pic of mangoको लागि तस्बिर परिणामआँपलाई फलफुलको राजा मानिन्छ । पाकेको आँप मीठो र स्वादिलो हुन्छ र यसमा २० भन्दा बढी प्रकारका भिटामीन तथा मिनरहरु लुकेको हुन्छ ।फलहरुमध्ये विश्वमा सबैभन्दा बढी खाइने फल आँप हो । आँप सेवन गर्नाले कोलन क्यान्सर, पाचन प्रक्रियामा सुधार, हड्डी बलियो, छाला सफा लगायतका अनेकौ फाइदा हुन्छ ।

आँपमा पाइने पोषणहरु:
काटेको एक कप आँपमा १०० क्यालोरी, १ ग्राम प्रोटीन, ०.५ ग्राम चिल्लो, २५ ग्राम कार्बोहाईड्रेट (२३ ग्राम सुगर र २ ग्राम फाइबर), १०० प्रतिशत भिटामीन सी जुन मानव शरीरकालाई दैनिक आवश्यक पर्छ, ३५ प्रतिशत भिटामीन ए, २० प्रतिशत फोलेट, १० प्रतिशत भिटामीन बी-६ अनि ८ प्रतिशत भिटामीन के र पोटासियम लुकेको हुन्छ। आँपमा कपर, क्यालसियम, र आइरन लगायत विषादीनाशक गुण पनि लुकेको हुन्छ ।

आँप खानाले हुने फाइदाहरु:
फलफुल तथा हरियो सागसब्जी खानाले स्वास्थमा फाइदा प्राप्त हुन्छ भन्ने कुराको जानकारी हामी सबैलाई भएकै हो । विभिन्न अध्ययनहरुले के देखाएको छ भने धेरै मात्रामा आँप खानाले मोटोपना, मृत्युदर, डाईबेटीज, मुटुजन्य रोगहरुले आक्रमण गर्ने संभावना कम हुनुका साथै यसले छाला सफा पार्छ । साथै आँप खानाले कपाल जन्य समस्याहरु पनि लाग्दैन । यसले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरको तौल समेत घटाउँछ ।

दमरोग निको पार्छ:
प्रसस्त मात्रामा पोषणयुक्त भोजन गर्नेहरुमा दमरोगले आक्रमण गर्नसक्ने संभावना निम्न हुन्छ । अनि यी पोषणहरु मध्ये बेटा कारोटीन एक हो जुन आँप, मेवा, ब्रोकाउली, फर्सी तथा गाजरमा लुकेको हुन्छ ।

क्यान्सर:
हारभर्ड स्कुल अफ पब्लिक हेल्थ डिपार्टमेन्ट अंतर्गत पोषण बिभागले गरेको अध्यन अनुसार, बेटा क्यारोटीन नामक पोषण तत्व पाइने फलफुलले प्रोस्टेट क्यान्सरबाट पनि बचाउँछ । अध्ययनले के पनि देखाएको छ भने थोरै मात्र जापानीहरुमा क्यान्सरले घर बनाउन सक्छ । 

टेक्सास एग्रीलाईफ रिसर्चका फुड बैज्ञानिकहरुले आँपमा आबद्ध गुणले ब्रेस्ट र कोलन क्यान्सर बिरुद्ध लडनसक्ने क्षमता भएको बताएको छ । उनीहरुले क्यान्सरसँग लड्न आँपको मात्रा प्रसस्त रुपमा प्रयोग गर्न समेत सुझाएका छन् ।

हड्डी स्वस्थ हुन्छ:
भिटामीन के अपुग भएको खण्डमा हड्डी खिईने संभावना अत्यधिक बढेर जान्छ । अनि भिटामीन के पुर्तीका लागि प्रसस्त मात्रामा फलफुल तथा हरियो सागसब्जि खाने गर्नुपर्छ । आँपमा भिटामीन के को मात्रा प्रसस्त लुकेको हुन्छ ।

पाचन प्रक्रिया बलियो हुन्छ:
आँपमा उपलब्ध रेशा तथा पानीको मात्राले पाचन प्रक्रियालाई बलियो बनाउनुका साथै कब्जियत हुनदिदैन र पाचन नलीलाई समेत स्वस्थ बनाउँछ ।

मुटु रोगका लागि:
आँपमा फाईबर, पोटासियम तथा भिटामीन पाइने भएकोले यसले मुटुजन्य समस्याहरुबाट छुटकारा दिलाउँछ । पोटासियमको मात्रामा बृद्धिका साथै सोडियमको मात्रा कम भएको खानेकुरा खानाले मुटु संबद्ध समस्याहरुले आक्रमण गर्न पाउँदैन । 

छाला र कपालका लागि:
आँपमा भिटामीन ए को मात्रा अत्यधिक मात्रामा लुकेको हुनाले यसले कपाललाई नरम तथा आकर्षक पार्न मद्धत पुर्याउँछ । भिटामीन ए छाला तथा कपालको सुन्दरतालाई जोगाई राख्न अति आवश्यक छ । तसर्थ भएसम्म नियमित रुपमा आँप सेवन गर्नाले कपाल तथा छालामा फाइदा पुग्नुका साथै स्वस्थ रहन मद्धत पुग्छ ।

क्यान्सर, दमरोग, मुटुजन्य समस्याहरुबाट छुटकारा पाउन आँप खाने गर्नुहोस्