काठमाडौं, २७ चैत । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी परित्याग गरी आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका नेता निर्मल भट्टराई नेकपा एमालेमा फर्किने भएका छन् ।

पहिला एमालेमा युवा नेता रहेका भट्टराई माओवादीमा प्रवेश गर्दै बाबुरामको नयाँ शक्तिसम्म पुगेका थिए । उनी पूर्वप्रधानमन्त्री झलनाथ खनालका पीए पनि थिए । अब उनी आफ्नै घर अर्थात एमालेमा फर्किने निष्कर्षमा पुगेका हुन् । एमालेमा फर्किन उनको पार्टी नयाँ शक्ति नेपालले वार्ता समिति समेत बनाएको छ ।

एमालेमा फर्किन लागेका भट्टराईले नयाँ शक्तिका करिब ३० हजार कार्यकर्तालाई पनि एमालेमा प्रवेश गराउने दाबी गरेका छन् ।

भट्टराईको नेतृत्वमा नौ सदस्यीय वार्ता समिति गठन

नेता निर्मल भट्टराईको समूह एमालेमा फर्किन वार्ता समिति गठन भएको छ । आइतबार बिहान बसेको भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीको सचिवालय बैठकले निर्मल भट्टराईको नेतृत्वमा नौ सदस्यीय वार्ता समिति बनाएको हो ।

समितिमा हरिराम रिमाल, मुनिन्द्र बस्नेत, चन्द्रदेव ओझा, अशोकराज ढुंगेल, कृष्ण भट्टराई, रामराज मगराती, माधव घिमिरे, सुरजध्वज थापा छन् । वार्ता समितिलाई नीति, सिद्धान्त मिल्ने राष्ट्रिय पार्टीसँग छलफल गरेर समायोजन, कार्यगत गर्ने जिम्मा दिइएको छ ।

पार्टी एकताबारे एमालेसँग कुरा धेरै अघि बढेको र स्थानीय तहको निर्वाचनअघि नै पार्टी एकता गर्नेगरी छलफल भइरहेको वार्ता समितिका संयोजक भट्टराईले जानकारी दिए । ‘बाबुराम भट्टराईसँग विमति जनाउने ३० हजार भन्दा बढी सदस्य लिएर एमालेमा एकता गर्ने तयारी छ,’ उनले भने– ‘यसका लागि पार्टीका सबै संरचना त्यही रुपमा अघि बढेको छ ।’

बाबुरामलाई छाडेका निर्मल भट्टराई एमाले फर्किदै, नयाँ शक्तिका हजारौं कार्यकर्ता ल्याउने