लजियर्स । विवाहको दोस्रो दिन श्रीमतीले मेकअप गर्न के बिर्सेकी थिइन् उनीविरुद्ध श्रीमानले मुद्दा नै ठोकिदिए । घटना अल्जेरियाको हो । विवाहको दोस्रो दिन जब श्रीमान् सुतेर उठे तब उनले आफ्नी श्रीमतीको ‘वास्तविक’ अनुहार देख्दा उनी चकित भए । जुन अनुहार उनले देखिरहेका थिए उनलाई त्यो अनुहार आफ्नी श्रीमतीकै हो भन्ने विश्वास नै भएन ।
श्रीमानका अनुसार उनकी श्रीमती विवाह पहिले निकै राम्र्री र आकर्षित देखिन्थिन् । उनी भन्छन्, ‘विवाहको भोलीपल्ट उठ्दा मसँगै जो महिला सुतिरहेकी थिइन्, उनी मेरी श्रीमती नै हुन् भन्ने विश्वास नै लागेन ।’
उनले आफ्नी श्रीमतीलार्इ घरमा चाेरी गर्न अाएकाे समेत ठाने । यसका साथै उनले उनीमाथि धोका र मनोवैज्ञानिक पीडा दिएको भन्दै मुद्दा दर्ता गरेका छन् । श्रीमानले क्षतीपूर्तीको रुपमा २० हजार डलर माग गरेका छन् ।
उनी भन्छन्, ‘जब म सुतेर उठें तब मैले उनको पहिचान गर्न सकिनँ । मलाई लाग्यो घरमा कोही चोर पसेछ । ’
यो घटना मिडियामा छाउन थालेपछि अल्जेरियाका थुप्रै मानिसहरु निकै चकित भएका छन् भने धेरै मानिसहरुलाई यो ठट्टाको रुपमा हेरेका छन् ।
स्रोतः डेलीमेल

मेकअप बिना श्रीमतीलाई देख्दा श्रीमानले ठोके मुद्दा