http://assets2.ekantipur.com/_img__w_350_h_0__uploads/ekantipur_nep/news/2015/gallery_06_01/PM_Photo_20150601025713.jpg
भूकम्पको विपत्तिका कारण १५ जेठमा सरकारले गणतन्त्र दिवस मनाएन । त्यस दिन प्रधानमन्त्री सुशील कोइरालाले ठूलो मानवीय क्षति पुगेको काठमाडौँको वसन्तपुर दरबार क्षेत्र पुगेर सरसफाइ अभियानमा सहभागी भएको भन्दै एउटा इँटा सारे । उनका सहयोगीले यो फोटो फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा तुरुन्त पोस्ट गरे । सञ्चार माध्यममा पनि प्रधानमन्त्री कोइरालाको यस कामले उत्तिकै स्थान पायो ।
त्यसै दिन अपराह्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयका शिव खकुरेलले आफ्नो फेसबुकमा दुईवटा फोटो पोस्ट गरे । क्याप्सन लेखे, ‘आरसीडीएससीले काभ्रेको धुलिखेल अस्पतालमा करिब ६ सय बाकस औषधीलगायत उपकरण हस्तान्तरण गर्दै अध्यक्ष प्रचण्ड ।’ जबकि, सिन्धुपाल्चोकको श्रम शिविरमा गएका बेलासमेत २० जना सञ्चारकर्मी लगेको भनेर सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायत नेताले आफ्ना कार्यकर्तालाई एक महिना जनताका घर बनाउन पठाउने भनेर पार्टी मुख्यालय, बल्खुमा तामझामका साथ पत्रकार सम्मेलन गरे । एमाओवादीले पनि त्यही शैली देखायो । कतिसम्म भने यस्तो विपत्को घडीमा सामान्य औषधी, पानी, कम्बललगायत सामग्री वितरण गर्दासमेत प्रचारका लागि अधिकांश नेता तथा सेलिब्रिटीले सञ्चारमाध्यमलाई बोलाइरहेका छन् । विपत्तिको यस घडीमा गरिएको परोपकार या सहयोगमा त्यत्रो तामझाम नगरी परिचालित हुँदा के फरक पथ्र्यो ? वामपन्थी विश्लेषक एवं एमाले उपमहासचिव घनश्याम भुसाल टिप्पणी गर्छन्, 'यो सस्तो लोकप्रियता कमाउने घटिया चरित्र हो ।'
पीडितलाई खाद्यान्नलगायत राहत सामग्री दिएपछि सम्बन्धित दाता संस्था तथा व्यक्तिले पटक–पटक त्यसको प्रचार गरेका छन् । कतिपयले त पीडितको हातमा राम्रो गरी राहत सामग्री पर्न नपाउँदै सेल्फी खिचेर फेसबुक रंग्याउन एवं सञ्चारमाध्यममा फोटो पठाउन पनि भ्याइरहेका छन् । के यसैलाई भनिन्छ परोपकार ?
पूर्वीय दर्शनले परोपकारका बारेमा के भनेको छ भने दायाँ हातले दिएको बायाँ हातले पनि चाल नपाओस् । तर, निकै भद्दा शैलीमा केही स्वदेशी तथा विदेशीले साँच्चिकै परोपकारलाई भन्दा प्रचारमा जोड दिइरहेका छन् । फेसबुकमा फोटो नराखेको तथा जोडतोडका साथ प्रचार नगरेको संघ/संस्था वा पात्रचाहिँ चुपचाप बसिरह्यो कि भन्ने भ्रम भइसकेको छ ।

पूर्वीय दर्शनभित्रको सबैभन्दा ठूलो कृति १८ पुराणका सिर्जनाकार व्यास ऋषिले परोपकारलाई पुण्य मानेका छन् भने अरूलाई पीडा, कष्ट, दिनुलाई पाप । दु:ख, कष्ट, अप्ठ्यारोमा परेको मानिसलाई आफ्नो काम छाडेर भए पनि परोपकार गर्नु कर्तव्य हो भन्ने पुराणहरूको सार छ । क्रिस्चियनहरूको च्यारिटी बिगिन्स फ्रम होम, मुस्लिमहरूको जकात, शिखहरूको लङ्गर, बुद्धिस्टहरूको सम्यक् परोपकार तथा दानका लागि विश्व प्रसिद्ध छन् ।

पूर्वीय दर्शनका जानकार चिन्तामणि योगीका अनुसार दान तथा सहयोग तीन प्रकारका हुन्छन् । पहिलो सात्विक, दोस्रो राजसी र तेस्रो तामसी दान । सात्विक दानले देश, काल, पात्र हेरेर दिनु भन्छ । यस्तो दान सामान्यत: पूर्णिमा, एकादशी, प्रात:काल, सन्ध्याकाल, विशेष तिथि, पर्व र उत्सवहरूमा गरेको राम्रो भन्ने छ । अहिले भूकम्पकालले विशेष क्षति पुर्‍याएको विशेष समय भएकाले अरूले दिएको सहयोग तथा दान एवं परोपकार स्वीकार गर्नु नेपालका लागि आवश्यकता र बाध्यता दुवै हो ।

स्वत:स्फूर्त भावबिना अरूलाई देखाउनका लागि उचित पात्र, स्थानको छनोट नगरी गरिएको दान राजसी हो । सहयोग तथा दान गरेबापत मानपदवी, सम्मान, प्रचार पाउने इच्छाले यस्तो दान गरिएको हुन्छ । देश, काल, पात्रको ज्ञान, सही निर्णयबिना सामान्य दु:ख–कष्ट पनि नगरी श्रद्धा र ज्ञानबिना गरिएको दान तामसी दान हो । सन्त तुलसी दासले दान दिएर धन घट्दैन भनेका छन् भने चाणक्यले हातको गहना दान हो भनेका छन् । अन्य नीतिकारले पनि शरीर परोपकारका लागि भनेकै छन् । शास्त्रहरूमा दशांश दानका बारे विशेष व्याख्या गरिएको छ । यो भनेको मानौँ ‘एक सय कमायौँ भने १० रुपियाँ दान गर’ भन्नु हो ।

'आफूले गरेको उपकार भुल्न सके नाम तथा प्रचारको लोभी र घमन्डी बनिँदैन । अनावश्यक प्रतिस्पर्धा हराएर जान्छ । जीवन सहज बन्छ,' योगी भन्छन्, 'अहिलेको संकटको यस घडीमा परोपकारका नाममा गरिएको प्रचार देख्दा/हेर्दा प्रेरणा तथा सन्देश सम्प्रेषणका लागि भन्दा नितान्त निजी नामको प्रचारका निम्ति मात्र हो कि जस्तो देखिन्छ ।'

जानकारहरूका भनाइमा परोपकारका तीनवटा स्वरूप हुन्छन् । कुनै प्रचारबाजीबिना पवित्र मन तथा करुणा भावले गरिने परोपकार पहिलो तहको हो । यसरी परोपकार गर्नेहरूले ‘मैले यति सहयोग गरेँ, यसलाई गरें, उसलाई गरेँ’ भनेर कहिल्यै भन्दैनन् । उनीहरू आफ्नो प्रचार चाहँदैनन् । महान् उपकारीहरू यस कोटीमा पर्छन् र परोपकार गरेबापतको वास्तविक पुण्य पनि उनीहरूले नै कमाउँछन् । दोस्रो तहकाले केही परोपकार अर्थात् सेवा/शुश्रूषा पनि गर्छन् । त्यसबापत केही प्रचार पनि खोज्छन् । केही सहयोगी भावना पनि भएको तर आफूप्रतिको मान–सम्मानको वासना त्यागी नसकेकालाई मध्यम उपकारी भनिन्छ ।

देश/सर्वसाधारण एकदमै अप्ठ्यारो अवस्थामा परेका बेला सामान्य सहयोग गरेर त्यसभन्दा ठूलो बढाइचढाइ गर्ने तेस्रो तहका अर्थात् निकृष्ट उपकारी हुन् । यस्ताले उपकारको मात्राभन्दा बढी प्रचार खोज्छन्/गर्छन् । परोपकारका नाममा गुणस्तरहीन सामग्री दिन्छन् । एउटा सहयोग चाहिएकामा अर्को दिएर परोपकार गरेको ढोँग फिंजाउँछन् । 'आफूले गरेको परोपकारभन्दा अतिरञ्जित प्रचार गर्नु निकृष्ट प्रकारको उपकार हो,' वास्तुविद् तथा ज्योतिषी वासुदेव शास्त्री भन्छन्, 'परोपकार भनेको निष्फल सहयोग गर्नु हो । तर, अहिले परोपकारका नाममा स्वार्थसहितको सहयोगको आँधी–बेहरी चलेको देखियो ।' दानभावले दिए भन्दैमा जे पायो त्यही लिन नहुने सुझाउँछन् शास्त्री ।

हुन पनि परोपकारका नाममा लिनेले पनि आवश्यकताभन्दा बढी र दिनेले पनि आवश्यकताभन्दा बढी लिनु हुन्न भन्ने ऋषि शुक्राचार्यको मत छ । तर, अहिले भने लिनेले पनि पाएँ भन्दैमा अचाक्ली लिएका छन् । दिनेले पनि परोपकारी मनभन्दा धेरै प्रचार खोजेका छन् । शास्त्री थप्छन्, 'दु:खमा परेकालाई परोपकार गरेको भनेर फोटो खिचाइहाल्ने, परोपकारको मात्राभन्दा ठूलो सहयोग गरेको प्रचार गर्नु शास्त्रसंगत होइन ।'

लेखक/पत्रकार सौरभका शब्दमा साँच्चिकै परोपकारी अर्थात् सहयोगीले कसैलाई थाहा नदिई–नभनी दान गर्छन् । प्रचार–प्रसार, तामझाम गरेर परोपकार गरियो भने पुण्य मिल्दैन । 'अहिलेको परोपकार समाजसेवा, विपत्तिमा परेकाहरूको सेवा होइन । त्यसका नाममा प्रचारको मात्रा खोज्ने, राजनीति गर्ने, आफैँले सिर्जना गरेको रोजगारीको तलब बढाउन हो,' सौरभको भनाइ छ, 'नेपालमा ठूलठूलो समाजसेवा गरेको प्रचार गर्नेहरू एनजीओ/आईएनजीओ, विदेशीहरूको तलब खानेहरू छन् । उनीहरूले कसरी करुणाभावले परोपकार गर्छन् ?'

नक्कली मुस्कान र प्रचार पाउने आशामा गरिएको सहयोगलाई परोपकार भन्ने कि नभन्ने ? भूकम्पले साँच्चिकै सोच्न बाध्य बनाएको छ । किनभने, आशक्तिसहितको परोपकार कोरा प्रचार मात्र हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मलम लगाऊ आर्तहरूको चहर्‍याइरहेको घाउ..’ भन्ने सुन्दर उक्ति भुलेर पत्रिका, फेसबुकमा फोटो छपाउन, प्रचारमा आउन मात्र दान–सेवा गर्ने हो भने मानवतामाथि नै प्रश्नचिह्न लाग्दैन र !

उपकारभन्दा प्रचार बढी