Image result for usa city
अमेरिकाका उपराष्ट्रपति जो बायडनका ४६ वर्षे छोरा बोको मस्तिष्क क्यान्सरले मृत्यु भएको छ। उनलाई यो महिनाको सुरुमा वासिङ्टन नजिकको वाल्टर रिड आर्मी मेडिकल सेन्टर अस्पतालमा भर्ना गरिएको थियो।
उनी अमेरिकी प्रान्त डेलावेयरका पूर्व एटोर्नी जनरल थिए। उनी २००९ मा इराकमा तैनाथ बोसँग भेट्न पिता जो पुगेका थिए। बोलाई कुनै पनि अमेरिकी राजनीतिमा उदाउँदो नेताका रूपमा हेरिएको थियो। तर, उनी हालका वर्षहरूमा नराम्रो स्वास्थ्यको सामना गरिरहेका थिए। ‘पूरा वाइडन परिवार शोकमग्न छन्, यसलाई शब्दमा व्यक्त गर्न सकिन्न,’ उपराष्ट्रपति बाइडनले भने। सन् २०१३ को अगस्टमा उनमा मस्तिष्क क्यान्सर पत्ता लागेको थियो। सन् १९७२ मा नाओमीमा भएको कार दुर्घटनामा आमा र अन्य एक आफन्तको ज्यान गए पनि बो बाँचेका थिए।
राष्ट्रपति बाराक ओबामाले मिसेल र आफ्ना लागि यो शोकको बेला भएको बताए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत बायडन परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

अमेरिकी उपराष्ट्रपतिका छोराको क्यान्सरले मृत्यु