पारिवारिक जीबनभित्र प्रसस्तै मात्रामा खुसीमा रंगहरु भेटिने धारणा राख्ने दीपिकाले बिबाहपछि चम्किलो जीबनवाट टाढा रहन चाहेको कुरा गरिन् । ‘घरभित्रको जीबन चम्किलो नहोला तर, तेजिलो हुन्छ ।’ उनले भनेकी छिन् ।
त्यसो त उनका परिवारका सदस्यहरुले पनि यही सल्लाह दिएका छन् रे । जुन सल्लाह उनलाई पनि मन परेको छ । बिबाहपछि बच्चाको आमा बनेर घर गृहस्थीमै रमाउने सोचमा रहेका दीपिकालाई लागेको छ ‘आफ्ना सुन्दर बच्चा धेरै भईदिए राम्रो हुन्थ्यो ।’
तर, बिबाह कहिले र कोसंग भन्ने विषयमा उनी खुल्न चाहिनन् । यी सब कुरा भावीको लेखा अनुसार हुन्छ भन्ने उनको भनाई थियो । बलिउडमा केही हिरोईनहरु बिबाहपछि निस्त्रिmय छन् ।