प्रधानमन्त्री सुशील कोइरालाको पार्टीबाहिरका शक्ति रिझाउने रणनीति- प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो साता भएको कांग्रेस पदाधिकारीको बैठकपछि सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले आफू निकटका केही नेताहरूसँग परामर्श गरे । एकाएक उदाएर पेचिलो बन्दै आइरहेको सहमतिको राष्ट्रिय सरकार निर्माणको विषय र आफूलाई पर्दै आएको राजनीतिक दबाबबारे कोइरालाले भने, “लौ भन्नूस् यस्तो बेला मैले खुट्टा कपाएँ भने के होला ?” कांग्रेसभित्र संस्थापनका खसोखास भनिने नेताहरू आनन्दप्रसाद ढुंगानादेखि दिलबहादुर घर्तीसम्म उपस्थित त्यो अनौपचारिक गफगाफमा प्रधानमन्त्री कोइरालाले अरूको सुझाव मात्र मागेनन्, सरकारमा टिकिरहने आफ्नो रणनीति र प्राथमिकताबारे पनि खुलस्त पारे ।“एमालेका साथीहरू केपी ओलीलाई प्रधानमन्त्री बनाउन मात्र अघि सरेजस्तो लाग्यो, यस्तो बेलामा उहाँहरूले नै बुझ्नु पर्ने हो, सरकारमा उहाँहरू पनि हुनुहुन्छ,” पार्टी सभापति तथा प्रधानमन्त्री कोइरालाको भनाइ उद्धृत गर्दै एक नेता भन्छन्, “अघि पदाधिकारी बैठकमा पनि मैले भनेँ, पार्टीभित्रका साथीहरूले पनि मेरो आलोचना गरेर समय बर्बाद नगर्नूस् । कांग्रेसले अब संविधान नबनाई सरकारको नेतृत्व छाड्ने कुरै आउँदैन ।” अघिल्लो साँझ मात्र सहमतिको राष्ट्रिय सरकारको विषयमा बालुवाटारमा एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारसँग प्रधानमन्त्री कोइरालाले वार्ता गरेका थिए । त्यो कुराकानीमा पनि कोइरालाले मुखै खोलेर भने, ‘मैले पहिल्यैदेखि भन्दै आएको हुँ, संविधान बनाएपछि म एक मिनेट पनि कुर्सीमा बस्दिनँ । अहिलेको बटमलाइन यही हो । संविधान बनाऔँ, कांग्रेस सहमतिको राष्ट्रिय सरकारका लागि तयार छ ।’ कोइराला अहिले सबैलाई यही बटमलाइन सुनाउँदै आइरहेका छन् ।
भूकम्पपछि भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले भारतका गृहमन्त्री राजनाथ सिंहसँग पटकपटक वार्ता गरी नेपालमा सरकार परिवर्तनभन्दा राहत र पुन:निर्माण महत्त्वपूर्ण रहेको भन्दै कोइरालाकै लागि एकप्रकारको कूटनीतिक ‘लबिङ’ गरिरहेका छन् । स्मरण रहोस्, राजदूत उपाध्याय उनै हुन्, जो दिल्ली पुग्नुअघि यहाँ कोइराला कोटरीभित्रका खासमध्ये गनिन्थे ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री कोइरालाको पछिल्लो राजनीतिक मनोदशा भनिएजस्तो कमजोर देखिँदैन । तर, उनलाई कमजोर पार्ने पार्टीभित्र र बाहिरका केही महत्त्वपूर्ण पक्षहरूलाई एकैपटक ध्यान दिनुपर्ने र तिनका चलखेललाई निस्तेज पार्नुपर्ने अवस्था भने सिर्जना भएको छ । सबैभन्दा ठूलो दलले अर्को ठूलो दल एमालेलाई साथमा लिएर बनेको र दुईतिहाइ मतको समर्थन पाएको सरकारको नेतृत्वबाट अलोकप्रिय भएर वा अपमानजनक ढंगमा बाहिरिन कोइराला तयार देखिँदैनन् । देशमा भूकम्प सिर्जित विपत्का बेला उनलाई बलजफ्ती पदविहीन बनाउँदा सत्ता साझेदार अर्को दल एमालेलाई पनि राम्रो नहुने कुरा कतिपय एमाले नेताहरूले नै बताइरहेका छन् । र, योसँग संविधान निर्माणको गणित पनि जोडिन्छ, जो कोइरालालाई राम्ररी थाहा छ । पार्टीभित्रैका नयाँ–पुराना गुट र नेताहरूका स्वार्थका आयामहरू पनि कसरी बदलिएका छन् भन्ने उनलाई थाहा नहुने कुरै भएन । “यस्तो बेला पार्टी एक छ भन्ने सन्देश जान जरुरी थियो, गइरहेको पनि छ,” कोइराला निकट मानिने कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगाना भन्छन्, “नयाँ सरकारको कुरा उठ्ने बित्तिकै हामीकहाँ अनेक प्रकारका शक्तिहरू स्वाभाविक रूपमा सलबलाउँछन् । उनीहरूले आफ्ना स्वार्थ पनि प्रकट गर्छन् ।”कांग्रेसभित्र संस्थापनलाई हायलकायल पार्न सक्ने वरिष्ठ नेता शेरबहादुर देउवा खेमाले बीचका यी तीन साताभित्रै प्रधानमन्त्री कोइरालालाई हेर्ने दृष्टिकोणमा रणनीतिक परिवर्तन गरेको छ । भूकम्पपछि सुरु भएको संविधानसभा बैठकमा बोल्दा नेता देउवाले सहमतिको राष्ट्रिय सरकारको टेकोमा उभिँदै कोइराला सरकारको आलोचना गरेका थिए । लगत्तै उनले पार्टीभित्रका निकटस्थहरूसँगको भेटघाटमा पनि अब कोइरालाको विकल्प पार्टीभित्रैबाट खोज्न सकिने राय प्रकट गर्थे । तर, अहिले उनको लबज बदलिएको छ । बीचमा भएका केही कूटनीतिक भेटघाट र आन्तरिक छलफलपछि देउवा समूह कोइरालाको आलोचना नगर्ने तर उनलाई अलोकप्रिय बनाउने रणनीतिमा लागेको छ । देउवाले एमाले र एमाओवादी नेताहरूसँगका भेटघाटमा पनि बडो संयमपूर्वक कुराकानी गर्न थालेका छन् । यसबीचमा उनलाई पटक–पटक भेटेका एमाले नेता माधवकुमार नेपालले गत साता अध्यक्ष केपी ओली निवासमा भएको एउटा ब्रिफिङमा ‘कांग्रेसमा देउवाको मौनता रहस्यमय रहेको र उनले अति होसियारीपूर्वक बोल्ने गरेको’ बताएका थिए । हुन पनि, पार्टी महाधिवेशन नजिकिइरहँदा देउवाले स्वाभाविक रूपमा अहिले सरकार गिराउने या नयाँ बनाउने खेलमा भन्दा पार्टी सभापतिको पदलाई अर्जुनदृष्टि राखेर आफ्नो योजना बनाइरहेका छन् । त्यसैले पनि देउवा पक्षका ‘पिलर’ मानिने कांग्रेस नेता तथा सहमहामन्त्री पूर्णबहादुर खड्काले सरकारका विषयमा संस्थापन पक्षको जस्तै प्रतिक्रिया दिइरहेका छन् । “सहमतिको राष्ट्रिय सरकारका विषयमा कांग्रेसभित्र कुनै मतभेद छैन,” उनी भन्छन् “हामीले संविधान बनेपछि जे गर्नु पर्छ, गरौँला भनेका छौँ ।”खासमा संविधान बनाएर कोइरालाले महाधिवेशनमा सभापतिको उम्मेदवारी दिँदा उनलाई लाभ मिल्ने र आफूहरू छायाँमा पर्ने देउवाको विश्लेषण छ । त्यसैले देउवा पक्ष अहिले आफू ‘एक्स्पोज’ नभईकन सत्ताधारी र एमाओवादीको सक्रियताबाट कोइरालालाई असक्षमताको धब्बा लागोस् ताकि महाधिवेशनका बेला उनको यही निष्फलतालाई भजाउन पाइयोस् भन्ने चाहन्छ । यसका लागि देउवाले सहमहामन्त्री खड्कालाई वार्ता प्रक्रियाको बलियो साक्षी बन्न लगाएका मात्र छैनन्, अरू दलका नेताहरूसँग छलफल चलाउने जिम्मेवारी पनि दिएका छन् । “सीधै आफ्नै पार्टीको प्रधानमन्त्रीको विषयमा कठोर बन्दा यस्तो विपत्का बेलामा राम्रो सन्देश जाँदैन भन्ने देउवाको ठम्याइ हो,” देउवा समूहकै एक नेता भन्छन्, “तर, देउवा मौन छन् भन्नु गलत हुन्छ । राजनीतिमा केही न केही त भइरहेको हुन्छ तर त्यसको प्रभाव देखिन समय लाग्छ ।”त्यसै गरी, कोइरालापछि आफूलाई पार्टी होस् या सरकारको, स्वाभाविक जिम्मेवारी दिइनुपर्ने दाबी गर्दै आइरहेका उपसभापति रामचन्द्र पौडेलले पनि परिवर्तित सन्दर्भमा आफूलाई फरक हिसाबले सक्रिय बनाइरहेका छन् । सहमतिको राष्ट्रिय सरकारका विषयमा जेठको पहिलो साता आफू नयाँ प्रधानमन्त्रीको दौडमा नरहेको र यही सरकारलाई सहमतिको राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका नेता पौडलले एकाध साताबीच नै राहत तथा उद्धार कार्यमा धादिङ र तनहुँमा खटिँदाखटिँदै आफू पनि प्रधानमन्त्रीका लागि योग्य रहेको भनाइ सार्वजनिक गरे । यसले नेता पौडेलमा रहेको अभिप्सा र चञ्चलता प्रकट गरेको मात्र होइन, कांग्रेसभित्र उनी निकट भनिएका कतिपय नेताहरूको सक्रियताले उनमा परिवर्तन पैदा गरेको प्रस्ट छ । पछिल्ला दिनमा पौडेललाई काँध थापेर हिँडेका केन्द्रीय सदस्य शेखर कोइरालाले बारम्बार सरकारको आलोचना गरिरहेका मात्र छैनन्, पुन:निर्माणका लागि नयाँ सरकारको अवधारणाप्रति समर्थन र ‘लबिङ’ गरिरहेका छन् । भन्छन्, “सहमतिको सरकारको कुरा स्वाभाविक रूपमा उठेको हो तर कांग्रेसका आफ्ना सर्तहरू पनि त होलान् नि †” तर, नेता शेखरको प्रयास भने ‘फास्ट ट्रयाक’ संविधान बनेपछि नयाँ सरकारको नेतृत्व कांग्रेसले नै पाउनुपर्ने र त्यसको नेतृत्व नेता पौडेलले गर्नुपर्छ भन्नेमा छ । यसबीचमा पौडेल क्याम्पभित्र कतिसम्म कुराकानी भएको रहेछ भन्ने कुरा अर्का भ्रष्टाचारी प्रमाणित भएर सजाय भोगिसकेका केन्द्रीय सदस्य खुमबहादुर खड्काले सार्वजनिक रूपमा ‘अबको प्रधानमन्त्री पौडेल बन्नुपर्छ’ भने । खड्का प्रत्यक्ष रूपमा पौडेलसँग नरहे पनि शेखरसँग भने निकै नजिक छन् । अर्को कुरा, नेता पौडेलले यसबीचमा रुचिपूर्ण ढंगमा कूटनीतिक भेटघाट पनि गरेका छन् । १७ जेठमा भारतीय राजदूत रन्जित रेसँग भएको लामो कुराकानीपछि उनमा अझै उत्साह छाएको उनी निकट नेताहरू बताउँछन् ।सभापति तथा प्रधानमन्त्री कोइराला खेमाले भने पौडेलको यो हुटहुटीले आफूहरूलाई खासै धक्का दिन नसक्ने ठानेको छ । पौडेलको स्वभाव र हुती राम्ररी बुझेको संस्थापनले बरू देउवा पक्षलाई यो अवस्थामा थप केही महिना ‘न्युट्रल’ बनाउन सकियो भने आफूहरू अझै बलियो बन्न मार्ग प्रशस्त हुनेमा ढुक्क छ । पछिल्ला दिनमा सभापति र तथा प्रधानमन्त्री कोइरालाले ‘कर्नर’मा राखेका महामन्त्री कृष्ण सिटौला पनि भूकम्पपछि उम्रेको सहमतिको राष्ट्रिय सरकारको मुद्दासँगै कोइरालासँग सम्बन्ध सुधार गरेर आफूलाई पार्टीभित्र थप क्रियाशील पार्ने ध्याउन्नमा छन् । उनले कोइरालालाई भेटेर अहिलेको अवस्थामा आफ्नो भूमिका महत्त्वपूर्ण हुने र सघाउन तयार रहेको बताइसकेका छन् । त्यसैले होला, महामन्त्री सिटौला कांग्रेसले एमाले र एमाओवादीसँग गरेका बैठकहरूमा देखिन थालेका छन् ।कोइरालाले संविधान बनाएर जस आर्जन गर्न र आफ्नो पदीय साख बलियो बनाउन औपचारिक रूपमा अरू दलहरूसँग व्यक्तिगत र समूहगत छलफलका लागि मन्त्रीद्वय महेश आचार्य र नरहरि आचार्य तथा पार्टी पदाधिकारीका तर्फबाट महामन्त्री सिटौलालाई मैदानमा उतारेका छन् । यही लहरोमा देउवा पक्षबाट सहमहामन्त्री खड्का पनि सँगसँगै सबै बैठकहरूमा उपस्थित छन् । “ठूलो पार्टी र सरकारको नेतृत्व गरिरहेकाले कांग्रेसले राजनीतिक वातावरण मिलाउन कुनै कसर बाँकी राख्दैन,” ढुंगाना भन्छन्, “अहिले अरू विषयभन्दा पनि संविधान निर्माण र भूकम्पबाट प्रभावित जिल्लाको पुन:निर्माणका लागि कम्तीमा कसैले पनि कांग्रेसभित्र दोहोरो चरित्र देखाउन सक्ने अवस्था छैन ।”पार्टीभित्रबाट कम खतरा महसुस गरेका कोइरालाले आफ्नो ध्यान सत्ता साझेदारी गरिरहेको एमाले र प्रतिपक्षी एमाओवादी मात्र होइन, कतिपय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूमा केन्द्रित गरेका छन् । प्रधानमन्त्री र पार्टी सभापतिका हैसियतमा उनले गत दुई साताभित्र काठमाडौँस्थित भारतीय, चिनियाँ, अमेरिकी र युरोपेली संघका सबै राजदूतसँग वर्तमान राजनीति र भूकम्पपछिको संकटका विषयमा छलफल गरिसकेका छन् । दाता देशहरू र उनीहरूका नेपालस्थित विभिन्न तहका कूटनीतिज्ञसँग भलाकुसारी गर्न प्रधानमन्त्री कोइरालाले अर्थमन्त्री रामशरण महतलाई समेत आग्रह गरेको स्रोतको दाबी छ । यो कुरा खासमा परराष्ट्रमन्त्रीको जिम्मेवारी हो तर यो पद अहिले एमालेको भागमा छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले खुलेरै सरकारको आफ्नै सरकारको नेतृत्वको आलोचना गरिरहेका छन् । अर्को कुरा, भूकम्पपछि भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले भारतका गृहमन्त्री राजनाथ सिंहसँग पटकपटक वार्ता गरी नेपालमा सरकार परिवर्तनभन्दा राहत र पुन:निर्माण महत्त्वपूर्ण रहेको भन्दै कोइरालाकै लागि एकप्रकारको कूटनीतिक ‘लबिङ’ गरिरहेका छन् । स्मरण रहोस्, राजदूत उपाध्याय उनै हुन्, जो दिल्ली पुग्नुअघि यहाँ कोइराला कोटरीभित्रका खासमध्ये गनिन्थे । “कोइरालालाई डर नै बाहिरको छ,” कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, “त्यसैले उहाँले एमालेभित्र ओली विरोधी र एमाओवादीभित्र अहिले सरकार बनाउने–भत्काउने खेलमा लाग्नु हुँदैन भन्ने नारायणकाजी श्रेष्ठहरूसँग वार्ताका लागि आफू निकटहरूलाई खटाइरहनु भएको छ ।”