संविधानका विवादित विषयमा सहमति जुटाउन बसेको सर्वदलीय बैठकमा सबै दलहरुले आ-आफ्ना  धारणा राखेका छन् । 

संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणालीलगायतका विषयमा सबै दलले आफ्ना धारणा राखेपछि आइतबारको बैठकमा सहमतिका विवादित विषयमा थप छलफल गरिने भएको हो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले सबै दलहरुका सुझाव लिएको छ ।

कांग्रेस नेता रमेश पाठकले छलफल सहमतिनजिक पुगेको भन्दै संविधान निर्माणको विषयमा सबैदल सकरात्मक रहेको बताए ।

यस्तै, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रमुख दलहरु एकलौटीरुपमा अघि बढ्न नहुने भन्दै सबै दलको भावना आत्मसाथ गर्नुपर्ने बताए ।

आइतबारको बैठकले विवादित विषयमा सहमति गरी टुंग्याउने उनले बताए । 

छलफल सहमतिनजिक पुगेको भन्दै संविधान निर्माणको विषयमा सबैदल सकरात्मक