गाउँठाउँमा भर्खर बिहे गरेर श्रीमान चाँहि बैदेशीक रोजगारीका लागि बाहिर जान्छन् र घरमा वयस्क श्रीमतीलाई छोडेर गएका हुन्छन् । घरमा काम गर्नु पर्ने भएकोले भर्खरकी बुहारी ल्याइएको हुन्छ । यता भर्खर बिहे भएर श्रीमानसँग छुट्टिएर बस्नु पर्ने पिणा त छँदै छ त्यसमाथि प्रजनन गर्न सक्ने उमेरमा छुट्टिएर बस्नुपर्ने पिणा पनि छ ।
त्यसतै बिदेशमा जाने पुरुषहरुलाई पनि यौन चाहाना त हुन्छ नै, जब यौन चाहाना
हुन्छ तब जसरी पनि यौन सम्बन्ध राख्न पाए हुन्थ्यो भन्ने सोचाई आउन सक्छ र
त्यसतो बेलामा कसरी यौन चाहाना व्यवस्थापन गर्ने भन्ने कुरा निकै ठुलो
कुरा हो । यहाँबाट बैदेशीक रोजगारीमा जाँदा अन्य तालिम दिए जस्तै कसरी यौन
व्यवस्थापन गर्ने भन्ने शीप दिनु जरुरी छ ।
बैदेशीक रोजगारीमा जानुहुने धेरै पुरुषहरु यौन सम्बन्ध राख्न मन लागेपछि
त्यसलाई जसरी पनि पुरा गर्न पाएहुन्थ्यो भन्ने सोचाई मनमा आएपछि उहाँहरुले
असुरक्षित यौनसम्बन्ध राख्नुहुन्छ अनि नेपालमा आउँदा बिभिन्न रोग लिएर
आउनुहुन्छ । असुरक्षित यौनसम्पर्क राखेपछि एच.आई.भि., हेपटाइटिस बि जस्ता
रोगहरु लाग्न सक्छ ।कुनै देशमा कानुनले व्यवस्थापन गरेको यौन व्यवसायिहरु
रहने खालको ठाउँ पनि हुन्छन् । त्यसतो ठाउँमा यौन सम्बन्ध राख्नका लागि
मुल्य तोकिएको हुन्छ र मुल्य उनीहरुको स्वास्थ्यको आधारमा, यौन सम्पर्कको
समयको आधारमा मुल्य तोकिएको हुन्छ ।
यसरी मुल्य तोकिएको यौन सम्बन्ध राख्नको लागि नेपालीहरुले किन्न सक्ने
भनेको सस्तो मुल्यको मात्र हो । सस्तो मुल्य तोकिएका यौन व्यावसायिहरु अन्य
भन्दा केहि फरक अर्थात शारिरिक रुपमा अस्वस्थ, यौनजन्य संक्रमण भएका
हुनसक्छन् । यस्ता यौन व्यावसायिहरु सँग नेपालीहरुले यौन सम्बन्ध राख्छन्
बिभिन्न रोगहरु लिएर आउँछन् ।
नेपालबाट धेरैजसो पुरुषहरु बैदेशिक रोजगारीका लागि गएका हुन्छन् तर अन्य
देशबाट त महिलाहरु पनि आएका हुन्छन् त्यसकारण एउटै कम्पनीमा पनि कामदार
कामदार बिच असुरक्षित यौन सम्बन्ध रहन सक्छ ।
त्यसतै नेपालमा घरमा छोडेर गएको श्रीमतीलाई पनि यौन सम्बन्ध राख्न मनलाग्छ
अनि लुकिछिपि भएपनि बिभिन्न तरीकाले असुरक्षित यौन सम्पर्क राख्नसक्छन् र
बिभिन्न यौन रोगहरु लाग्न सक्दछ ।