जाडोमा झैँ गर्मीमा पनि विभिन्न मौसमी रोग लाग्ने  गर्दछ । गर्मीमा हुने  लु ,पानीको कमी ,फूड पोइजनिंग, थकान सामान्य रोगहरु हुन् । केही सावधानी अपनाए यस्ता बिमारीबाट  बच्न सकिन्छ ।चिकित्सकहरुका अनुसार हट एग्जाशन गर्मीको  एक प्रकारको साधारण बिमारी हो । जसको कारण शरीरको  तापमान ३७  डिग्री सेल्सियस बाट  ४०  डिग्री सेल्सियस सम्म पुग्दछ । रिगटा लाग्ने, कमजोरी ,अत्यधिक प्यास लाग्ने, टाउको दुख्ने र छटपटी लाग्ने यस रोगको मुख्य लक्षण हुन् ।यस्तो लक्षण देखिएमा तुरुन्त पानी खुवाउनु पर्दछ । यो रोग पानीको कमीका कारण  हुने गर्दछ ।
हट-स्ट्रोक हुदा शरीरको  तापमान ४०  डिग्री सेल्सियस सम्म बढ्छ । जसको कारण शरीरका अन्य कार्यप्रणालीले काम गर्न बिस्तारै छोडदछ । हट-स्ट्रोकमा बिमारीको शरीरको तापमान अत्यधिक बढ्दछ । यस्ता रोगका कारण छाला सुख्खा हुने , शरीरमा पानीको  कमीहुने ,  कमजोरी महसुस हुने , श्वासप्रश्वासमा समस्या आउने र  बिमारी बेहोश हुने गर्दछन् । 
हट-स्ट्रोकबाट बच्न अत्यधिक गर्मी हुने समयमा घरबाट बाहिर ननिस्कने ,अत्यधिक मात्रामा  पानी, जूस तथा तरल पदार्थ  पिउने ताकि शरीरमा  पानीको  कमी नहोस  । हल्का खालको कपडा लगाउने।फूड पोइयजनिंग गर्मीयाममा बढी मात्रमा हुने गर्दछ । गर्मीको समयमा खानपिनमा  बढी  ध्यान दिनुपर्दछ  ।  अत्यधिक तापमानको कारण खानामा बैक्टीरीया हुनसक्छ ।
जसको कारण फूड पोइयजनिंग हुनजान्छ ।  सडकमा खुल्लारुपमा राखिएको कुनै पनि  खानेकुरा खानु  हुदैन । पिउने पानी सधै घरबाट नै लिएर हिड्नुपर्छ  ।अल्ट्रा वायलेट किरण र  घामबाट बच्न  चश्मा  र क्यापटोपी सधै प्रयोग गर्न सकिन्छ ।

गर्मीजन्य रोगबाट जोगिन यी उपाय अपनाउनुहोस्