एक विवाहित महिलाले आफ्नो प्रेमीबाट छुटकारा पाउन गरेका सबै प्रयासहरु असफल भएपछि उनले आफ्नै हत्याको गलत कथा बनाएर रगत लत्पतिएको तस्वीर प्रेमीलाई पठाएपछि त्यसले हंगामा मच्चाएको छ ।घटना त्यसबेला गम्भीर बन्यो जब उनको प्रेमीले घटनालाई सही मानेर प्रहरीमा खबर गरे।एक अंग्रेजी वेबसाईटका अनुसार जर्मनीमा बस्ने एक विवाहित महिलाको एक विवाहित व्यक्तिसँग अफेयर चलिरहेको थियो ।उनीहरु दुवैको कुराकानी सामाजिक सञ्जालमार्फत भएको थियो ।
एक वर्षको प्रेमपछि ती युवतीमा आफ्नो पतिप्रतिको लगाब बढ्दै गयो र
प्रेमीसँग ब्रेकअप गर्ने निर्णयमा पुगेकी थिइन् ।तर उनका प्रेमी त्यसका
लागि तयार थिएनन्। उनले प्रेमीसँग छुटकारा पाउनका लागि आफ्नै पतिले हत्या
गरेको गरेको भन्दै तस्वीर पठाइन् ।उनले यसो गरेमा प्रेमीबाट छुटकारा पाउने
सोचेपनि घटनाले उल्टो रुप लियो । उनका प्रेमीले प्रहरीमा खबर गरेपछि घटनाले
गम्भीर रुप लिएको हो । प्रहरीले उक्त घटनाबारे छानविन गरेपछिमात्रै घटना
गलत भएको पुष्टि भएको थियो ।