कंगना रनौत र आर माधवन अभिनित फिल्म ‘तनु वेड्स मनु रिर्टन्स’ अहिले दर्शकले मन पराएको फिल्मको रुपमा चिनिन्छ । फिल्म निकै राम्रो पनि छ । हरेक दृष्य हेर्दा लाग्छ निर्देशकदेखि कलाकार समेतले निकै मेहनतपूर्वक काम गरेका छन् । यति हुँदा हुदै पनि केही यस्तो गल्ति भेटिन्छन् जसले निर्देशकलाई लज्जित बन्ने अबस्थामा पुर्‍याउँछ ।
गल्ती नं १
तनु वेड्स मनुको ओपनिङ सिनमा तनु र मनु विवाहित जीन्दगीवाट उब्जिएको समस्या समाधानका लागि मानसिक अस्पताल गएको देखिन्छ । तर, रियलमा त्यस्तो हुन्न ।
गल्ती नं २
चण्डीगढमा सारा नाटक गरेपछि मात्रै पप्पी आफ्नी प्रेमिका कोमललाई किडन्याप गर्न सफल हुन्छ । मनु र दत्तकै सहयोगमा उसले यो काम गरेको हुन्छ ।
त्यसपछि उ पुरै हराउँछ । लाग्छ त्यसपछि निर्देशक मनु र दत्तोको विवाह गराउन ब्यस्त भए किनकी कुनै पनि युवतिले अपहरणमा परे लगत्तै आफैंलाई अपहरण गर्नेसँग प्रेम गर्न लाग्दिन ।
गल्ती न ३
हिन्दु समाजमा दोस्रो विवाह गर्नेले पहिलो विवाह बिच्छेद गरेको हुनुपर्छ । तर, माधवनले त्यस्तो केही गर्दैन । जेठी श्रीमती तनुजा त्रिवेदीलाई छोड्छन् र कुशुमसँग धुमधामले विवाह गर्छन् ।
गल्ती न ४
हिन्दी फिल्म पीके हेर्दा लाग्छ पीकेले केही वेर कसैको हात समाएपछि उसको वारेमा र भाषा समेत राम्ररी जान्दछ । एक भोजपुरी सेक्स वर्करको ६ घण्टासम्म हात समाएर बसेका पीकेले कण्डमको वारेमा किन केही थाह पाएनन् ?
किनकी पछि उनले जग्गुको अफिसमा कण्डोमको प्याकेट देख्दा आश्चर्य मान्दै सोधिखोजी गरेका थिए ।
गल्ती न ५
बदलापुरको एक दृष्यमा रघुले हरमनको घरको झ्यालमा एउटा वाईनको बोत्तल फ्याक्छ । जसको कारण भित्ता र झ्यालमा दाग लागेको स्पष्ट देखिन्छ । तर, त्यसपछिको लगत्तै सिनमा त्यो दृष्य कतै देखिदैन ।
धेरै सफल यस्ता फिल्ममा पनि सामान्य भन्दा सामान्य लाग्ने गल्तीहरु हुन्छन् । जसले निर्देशकीय क्षमतामा प्रश्न उठाउँछ ।

राम्रा फिल्मका केही सामान्य गल्ती जसले लज्जित बनाउँछ