लागु औषध कारोबारीहरुका पनि कस्ता कस्ता काइदा हुन्छन् भन्या ? एक जना लागु औषध ओसारपसारकर्ता युवती आफ्नो वक्षस्थलभित्र डेढ किलो झोल कोकिन राखेको अवस्थामा पक्राउ परेकी छिन् ।होन्डुरसकी ती युवतीले आफ्नो सर्जरी गरेर बढाएको स्तनमा डेढ किलो कोकिनको झोल कोचेको पाइएको हो । उनलाई कोलम्बियाको राजधानी बोगोटास्थित विमानस्थलबाट पक्राउ गरिएको हो ।२२ वर्षकी पाओला डेयानिरा साबिलोन नामकी युवती बोगोटाबाट स्पेनतर्फ जाँदै थिइन् । एयरपोर्ट चेक जाँचका क्रममा उनी निकै हतास भएजस्तो तथा आत्तिएजस्तो देखेपछि अधिकारीहरुलाई शंका लाग्यो र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नक्कली वक्षस्थलभित्र कोकिन भरेको खुलेको हो ।
एक्सरेका क्रममा उनको वक्षस्थलमा हालै मात्र सर्जरी गरिएको देखिएको थियो । उनले सर्जरी गरेर आफ्नो वक्षस्थलमा नचिनेको पदार्थ कोचिएको र आफुलाई कसैले त्यो पदार्थ बार्सिलोनासम्म पूराइदिन अह्राएको स्विकार गरिन् ।अनुसन्धान अनुसार कोलम्बियाको पेरेरा सहरस्थित एक क्लिनिकमा उनको वक्षस्थलको सल्यक्रिया भएको हो । लागु औषध गिरोहले उनलाई लागु औषध ओसारपसारका लागि प्रयोग गरेको आशंका गरिएको छ ।वक्षस्थलभित्र कोकिन भरेकी ती युवतीको बोगोटा अस्पतालमा उपचार गरी कोकिन निकालिएको छ र उनको अस्पतालमा थप उपचार भैरहेको छ ।स्मरण रहोस् कोलम्बिया लागु औषध कारोबारको हब मानिन्छ । त्यहाँ वर्षेनी ३ सय टन कोकिन उत्पादन हुने गर्छ । सो कोकिन लागु औषध कारोबारीले विश्वका विभिन्न देशमा पूराउँछन् ।