अमेरिका, २४ जुन, अमेरिकी सरकारले २४ जुन २०१५ बाट २१ डिसेम्बर २०१६ सम्म लागु रहने गरि १८ महिनाकोलागि टिपीएस प्रदान गरेको छ । यो सुबिधाबाट अमेरिकामा रहेका १०,००० देखि २५,००० नेपाली लाभान्वित हुने अनुमान अमेरिकि सरकारले गरेको छ । टिपीएसको लागि कसरी निबेदन गर्ने, कुन-कुन फर्म भर्न आबश्यक छ थाहा पाउनको लागि अमेरिकी सरकारको आधिकारिक निकाय USCIS को सूचना तलको लिंकमा हेर्न सक्नुहुनेछ; http://www.uscis.gov/i-821 USCIS को वेबपेजमा उल्लेख गरे अनुसार २४ जुन २०१५ देखि लगातार अमेरिकामा बसिरहेका नेपाली वा कुनै देशको नागरिक भनि किटान नभएका तर अमेरिका आउनु अगाडी नेपालमा रहेका व्यक्तिले Form I-821 (http://www.uscis.gov/sites/default/files/files/form/i-821.pdf ) भरि TPS र Form I-765 (http://www.uscis.gov/sites/default/files/files/form/i-765.pdf ) भरि काम गर्ने अनुमतिको लागि निबेदन गर्न सक्नेछन । TPS को निबेदन स्वीकृत भए पश्चात अमेरिका बाहिर जानको लागि पुर्व स्वीकृति लिनको लागि Form I-131 (http://www.uscis.gov/sites/default/files/files/form/i-131.pdf ) भरि स्वीकृति लिन सक्नेछन । टिपीएस प्राप्त भए पश्चात USCIS को पुर्व स्वीकृति बेगर अमेरिका छोडेमा पुन: अमेरिका फर्कन पाइनेछैन । पुन: फर्कनको लागि फर्म I-131 भरि स्वीकृत लिन अनिवार्य छ । ट्राभल डकुमेन्ट लिनु अगाडी कानुन ब्यबसायी संग बिस्तृत रुपमा कानुनी परामर्श लिनु लाभदायक हुन् सक्दछ । नेपाललाई भूकम्प प्रभावित छेत्रमा भूकम्प, बाढी र अन्य दैबी प्रकोपको कारणले सामान्य जनजीवन बिताउन गारो भएको, नेपाल सरकार अस्थाई रुपमा नेपाली नागरिकको ब्यबस्थापन गर्न असमर्थ रहेको तथा नेपाल सरकारबाट आधिकारिक रुपमा TPS को लागि अनुरोध गरिएका तिन कारणले अमेरिकी सरकारले यो सुबिधा प्रदान गरिएको फेडेरल रजिस्टरमा उल्लेख गरिएको छ । बिस्तृत रुपमा पढ्नको लागि तलको लिंकमा क्लिक गरि हेर्न सक्नुहुनेछ; https://www.federalregister.gov/articles/2015/06/24/2015-15576/temporary-protected-status-nepal-designation नेपाललाई टिपीएस सुबिधा प्रदान गरेपश्चात नेपाली जन सम्पर्क समितिका अध्यक्ष आनन्द बिस्ट, एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल लगायत अमेरिकामा रहेका बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले यसको स्वागत गर्दै बक्तब्य दिनु भएको छ ।

नेपालीलाई अमेरिकामा टिपीएस प्रदान, टिपीएस भर्ने सामान्य जानकारी