नेपाली समाज यति मोडर्न र ओपेन भइसक्यो कि कति देखाउने र कति छोप्ने मोडलिङमा लागेर एक्सपोज गर्न हिच्किचायो भने यस क्षेत्रमा टिक्न गाह्रो हुन्छ । मोडलिङको अर्थ नै एक्सपोजर हो । र, मोडलिङमा आउनुको एउटै अर्थ हो आफूलाई एक्सपोज गर्न तयार हुनु । त्यसैले म भन्छु मोडेलले एक्सपोज गर्न किन डराउने ?
मलाई लाग्दैन, सांस्कृतिक भेष भूषाको मात्रै फेसन देखाएर यस क्षेत्रमा
टिक्न सम्भव हुन्छ । मेरो जानकारीमा एकजना मात्रै पनि त्यस्ता मोडल छैनन्
जो परम्परागत पोसाकको मात्रै मोडलिङ गरेर हिट भएका हुन् र यस क्षेत्रमा
टिकेका हुन् । किनभने यो क्षेत्र यस्तो क्षेत्र हो जहाँ आफूलाई एक्सपोज
गर्न नसक्नेहरूको कुनै भविष्य छैन । आफूलाई एक्सपोज गर्नु ठूलो हिम्मतको
काम हो । साडी र कुर्तामा मोडलिङ क्षेत्रमा छिरेकी भए म उहिल्यै यस
क्षेत्रबाट हराइसकेकी हुन्थेँ ।
आज मोडलिङमा कहीँ -कतै मेरो केही नाम छ भने त्यो मेरो एक्सपोजरको करामत हो ।
र, म गर्वसाथ यसो भनिरहेको छु । किनभने सत्य यही हो र म सत्य बोल्न
डराउँदिनँ ।नेपालका केही ग्ल्यामर फोटोग्राफरहरू मेरो फोटो खिच्छन्, तर
प्रकाशित गर्न डराउँछन् । फोटो किन नछापेको भनेर सोध्दा वाहियात जवाफ
दिन्छन् । कहिलेकाहीँ त यतिसम्म भन्छन् कि, गर्लफ्रेन्ड, समाज र घरपरिवारको
डरले फोटो प्रकाशित गर्न सकिएन ।फोटो खिचाउनुअघि म फोटोग्राफरको फोटो
कन्सेप्ट र थिमबारे बुझ्छु । र, सोचेर मात्रै खिच्छु । जस्तो पायो त्यस्तो
फोटो खिच्ने कुरा हुँदैन ।
आजसम्म मेरा ४ र ५ जना ब्वाईफ्रेन्ड भए र अहिले नेपालकै एकजना सेलीब्रेटी
मेरा प्रेमी छन् अनि तपाँई आफै भन्नुहोस न ६ वटा ब्वाई फ्रेण्ड बनाएको एउटा
केटीले भर्जिन अर्थात सेक्स नै गरेको छैन भन्दा कसले पत्याउछ। उनीसँग मेरो
सेक्स सम्बन्ध छ । म सतिसावित्रीको ढोङ गर्ने महिला होइन । प्रेम र
यौनजस्ता मान्छेका आधारभूत आवश्यकताबारे किन झुट बोल्नुपर्यो र ?सेक्स
विफोर म्यारिज अर्थात विवाहभन्दा पहिले सेक्स खराब कुरा होइन । तर, सेफ
सेक्स जरुरी छ ।
शरीर म्यान्टेन गर्न हरेक दिन सेक्स गर्योभने राम्रो हुने रहेछ भन्ने
उदाहरण म पनि एउटा हो । म अझ एउटा कुरा के भन्छु भने जो सुकै महिला बिबाह
अगाडी भर्जिन हुदिनन् तर, धेरै पुरुष चाँही हुनेगर्छन । यही कारणले नै
डिभोर्स बढ्दै गएर समाजमा असल परिवारको निर्माण हुन सकेको छैनन नि ।धरानको
नास्ट कलेजबाट मैले बिए सकाएको धेरै वर्ष भयो बाँकी भने पढ्न सकिन । मोडलिङ
क्षेत्रमा आएको ८ वर्ष जति नै भयो । मोडलिङमै रमाएकीले मलाई फिल्ममा जाने
रहर छैन ।
मोडलिङ गरेको पैसाले मेरो पकेटखर्च मात्रै पुग्छ र बिन्दास नै छ । म
मोडलिङमा पैसा कमाउन आएको होइन, नाम कमाउन आएको हुँ । तर, मलाई थाहा छ अबको
पाँच-दस वर्षपछि मोडलिङ नाम र दाम प्रशस्त भएको क्षेत्र हुनेछ ।दुई वर्ष
अगाडीको वल्डकपमा खुब इन्जोई गरेँ । ब्वाई फ्रेण्डसंग धेरै बाजी जितेर मैले
आफ्नो इच्छा पूरा गरे तर, दुखको कुरो म अर्जेन्टिनाको फ्यान थिए
अर्जेन्टिनाले हार्यो । त्यसपछि म स्पेनको समर्थक भएकी छु । अब अर्को महिना
हुने युरोकपमा रामाइलो गर्ने इच्छा बनाएको छु । हेरौ के हुन्छ । स्पेनले
युरोकप गुमायो भने म म धेर दुखी हुन्छु ।